शनिबार, साउन १२, २०८१

हावाहुरीले गर्दा मधेस प्रदेशमा तीन जनाको ज्यान गयो

हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ  ।

धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको ज्यान गएको हो ।

यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा  इँटाको घर ढल्दा ४५ वर्षीया फुलमती देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैबीच तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति पुर्‍याएकाे थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरमा रहेको प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो ।उज्यालो अन्लाईन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal