सोमवार, माघ २८, २०८१

१५ महिने बालककोे क्वाडे कुलोमा डुबेर मृत्यु

अनुज पछाई , प्यूठान ।प्यूठानमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्यूठान नगरपालिका ४ घुर्सेनीका टंकराज गमालको १५ महिने छोरा सुसान्त गमालको निधन भएको हो । उनको प्यूठान नगरपालिका ४ को क्वाडे कुलोमा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब निरीक्षक देबी प्रसाद गैरेले जानकारी दिए ।
प्यूठान नगरपालिका ४ घुर्सेनिका गमाल परिवार अहिले विजुवारमा डेरा लिएर बस्दै आएका थिए । गमाल बस्दै आएको घर देखि क्वाडे कुलो करिब ५ मिटर दक्षिणतिर रहेको प्रहरीले जनाएको छ । खेल्ने क्रममा नै कुलोमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?