शनिबार, साउन १२, २०८१

जन्मदिनमा बिद्यालयलाई आर्थिक सहयोग


अनुज पछाई , प्यूठान । नेकपा माओबादी केन्द्र निकट अखिल ( क्रान्तिकारी )का केन्द्रिय कमिटी सदस्य एवं नेकपा ( माओवादी केन्द्र )का युवा नेता पुष्कर शर्माले आफनो जन्मिदिनको अबसरमा प्यूठानको एक बिद्यालयलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन । गौमुखि गाउपालिका वडा नं. ५ खुङमा रहेको जनसहयोगी आधारभुत बिद्यालयलाई आफनो जन्मदिनको अबसरमा नगद रु १५ हजार ५५५ सहयोग गर्ने प्रतिबद्धता युवा नेता शर्माले आफनो ब्यक्तिगत सामाजिक सञ्जाल फसबुकमार्फत सार्बजनिक गरेका छन ।
गौमुखि गाउपालिकामा रहेको जनसहयोगी आधारभुत बिद्यालय अहिले समुदायको प्रयासमा माद्यमिक विद्यालयको रुपमा स्तर उन्नती गर्न लागेको हुदा जन्मिदिनमा फजुल खर्च कटाएर बिद्यालयलाई आर्थिक सहयोग गर्न लागेको युवा नेता शर्माले बताए । युवा नेता शर्माको माग २३ गते जन्मदिन हो । आफुले गर्ने सानो सहयोगले बिद्यालयको स्तर उन्नतीमा केही टेवा पुग्ने आशा लागेको युवा नेता शर्माले बताएका छन ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बरुण ध्वज मल्लले स्थानिय स्तरमै माद्यमिक तहसम्मको अध्ययन गराउने उद्देश्यले आधारभुत बिद्याललाई माद्ययमिक बिद्यालयमा स्तर उन्नती गर्नको लागी चन्दा उठाउने अभियान सञ्चालन गरेको बेला युवा नेता शर्माले गरेको आर्थिक सहयोगले आफुलाई खुशि बनाएको भन्दै धन्यबाद ब्यक्त गरे । शर्माले सोमबारनै बैकमार्फत बिद्यालयको खातामा रकम जम्मा  गरिदिने बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal