शनिबार, साउन १२, २०८१

निन्युखर्क महिला उद्यम समुहले १४ बाख्रा उपहार प्रदान गर्यो

लक्ष्मण सुनार धुर्कोट  गुल्मी, धुर्कोट गाउपालिका वडा न.०३ हाडहाडेको एक समुहले आज एक समारोहका विच बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ भन्ने मुल मन्त्रका साथ धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारिमा सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना अन्तर्गत धुर्कोट गाउपालिका वडा न.०३ हाडहाडे स्थित निन्युखर्क महिला उद्यम समुहले अबुवा महिला उद्यम समूह र पाथरपानी महिला उद्यम समुहलाई १४ वटा बाख्रा उपहार प्रदान गरिएको हो।
कार्यक्रममा समुहकी अध्यक्ष मान कुमारि श्रीसको अध्यक्षता,धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता,गाउपालिका उपाध्यक्ष शिव बहादुर खत्रीको विषेश आतिथ्यता,धुर्कोट गापा वडा न.०३वडा अध्यक्ष बिष्णु बहादुर थापा श्रीस,वडा न.०२ का वडा अध्यक्ष नवीन जिसि,धुर्कोट गाउपालिका योजना अधिकृत खडक थापा,पशु शाख प्रमुख श्याम कार्की,वडा सद्स्यहरु काशिराम पन्थी,सावित्रा बस्नेत,कमला सुनार ,परियोजना संयोजक शंकर नेपाली,प्राविधिक संयोजक नारायण जिसि,सामुदायिक सहजकर्ता लक्ष्मण सुनार,वडा पशु प्राविधिक गणेश थापा,हाडेहाडे कृषि तथा पशु विकास महिला बहुउद्देश्यीय सहकारि संस्थाकि सचिव मिना भुझेल,परियोजना उपभोक्ता समिती सचिव बिष्णु काउछा, समुहका अध्यक्ष हरु लगाततको उपस्थिति रहेको थियो!
कार्यक्रम समुहकी सदस्य माया कुमारी श्रीसकी स्वागत मन्त्ब्यबाट सुरु भएको कार्यक्रम समुहकी कोषाध्यक्ष गोमा श्रीस संचालनमा सम्पन्न भएको थियो!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal