शनिबार, साउन १२, २०८१

भारतको जयपुरमा पनि मनाइयो अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

बेलबहादुर रजाली मगर
जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा १११औं अंतर्राष्ट्रिय श्रमिक महिला दिवस सपन्न पारिएको छ ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य नारायण शर्मा, मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेलबहादुर रजाली, मध्य पश्चिमोत्तर क्षेत्रीय सलाहकार मंगल सिंह खड़का, महिला केन्द्रीय विभागकी हुमा रजाली, महिला क्षेत्रीय विभागकी अध्यक्ष कल्पना थापा, जनजाति क्षेत्रीय विभागका बलबहादुर खासु, खेल विभागका टंक थापा, रक्तिम क्षेत्रीय विभागका नारायण पौडेल, क्षेत्रीय विद्यार्थी विभागकी निकिता थापाले अतिथि आसन ग्रहण गराइएको थियो ।

त्यसैगरी पत्रकार का‘लोनी एरिया समितिका गोपाल परियार, मूल प्रवाहकी शुभचिन्तक राधा अग्रवाल (ढकाल)ले पनि आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । वक्ताहरुले महिला मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँगै जोडेर लैजानु पर्ने बताउँदै त्यसको लागि महिला र पुरुष दुबैको भूमिका रहने धारणा राख्नु भएको थियो ।

माया थापाको सञ्चालन, भगवती मल्लको अध्यक्षता तथा शहीदहरुको संझनामा एक मिनेट मौनधारण पछी मिना गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal