सोमवार, फाल्गुन ५, २०८१

महारास्टको तारापुर मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम सम्पन्न

टंक कुंवर

मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर महिला बिभाग द्धारा संचालित महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

वर्तमान परिवेशमा महिलाहरु माथी हुने हिंसा, बलत्कार, शोषण दमनका विरूद्ध समाजवादी बिचारलाई आत्मसात गर्दै अगाडी बढेमा मात्र महिलाहरुको समानरुपमा हक अधिकार मिल्नेछ। महिलाहरुको राजनैतिक तथा शैक्षिक क्षेत्रमा पनि महिलाहरुको सक्रिय सहभागिता हुनुपर्ने धारणा सहित मन्तव्य राख्ने वक्ताहरुमा मुलप्रवाह केन्द्रीय परिषद टंक कुवर रक्तिम बिभाग केन्द्रिय उपाध्यक्ष बोम सिंजापती मध्यपश्चिम क्षेत्रीय महिला बिभाग कि संयोजक रेनुका कुवर तारापुर नगर अध्यक्ष खडक राई सोही नगर का उपाध्यक्ष लोक मणि पान्डे ज्यु लगाएतले मन्तव्य राख्नु भएको थियो।

तारापुर महिला बिभाग कि अध्यक्ष सुनिता पुन ले कार्यक्रम को अध्यक्षता एक मिनेट मौनधारण बाट जनसमुदाय लाई करिस्मा पुनले स्वागत भासण र रक्तिम गित बाट स्वागत गरिएको थियो । कार्यक्रम को संचालन महिला बिभाग कि सचिब सुमित्रा नेवार ले गर्नु भएको थियो ।अध्यक्षतामा तथा दुर्गा शर्माको संचालनमा सम्पन्न कार्यक्रममा शान्ता पौडयाल तथा रक्तीम कलाकार हरुले उपस्थित जनसमुदाय लाई स्वागत गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?