शनिबार, साउन १२, २०८१

मूलप्रवाहको सुदुरपश्चीमोत्तरमा महिलादिवस मनाइयो

खिमराज चालिसे,
चंडिगढ,
८ मार्च २०२१

चंडिगढ – आधा धर्ति ओगटेका महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको गौरवमय इतिहास तथा कम्युनिस्ट आन्दोलनमा क्लारा जेटकीन, रोजा लक्ष्यमवर्ग, एलेक्जेन्ड्रा जस्ता महिला नेतृहरुको अद्धितीय योगदान तथा दोश्रो अन्तर्राष्ट्रियको महत्ववारे प्रकाश पार्दै १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा महिलाहरुको हक अधिकार,न्याय तथा स्वतन्त्रताको लागी सम्पुर्ण उत्पीडित महिलाहरुले नै संगठित रुपमा व्यवस्था विरुद्ध शशक्त प्रहार गर्ने र महिला मुक्ती आन्दोलनलाइ वर्गसंघर्ष संग जोडेर वर्तमान संरचनाको आमुल परिवर्तन गर्ने बाटोमा लाग्न प्रेरित गर्न अंर्तराष्ट्रीय श्रमिक महिला दिवसले निर्देशन गरिरहेको धारणा व्यक्त गर्दै विचार व्यक्त गर्ने वक्ताहरुमा मूलप्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सल्लाहकार एंव नेपाली समाचारका संयोजक खिमराज चालिसे, मुलप्रवाह क्षेत्रीय सल्लाहकार एंव महिला क्षेत्रिय विभागकी सचिव जुना चालीसे, समता केन्द्रीय विभागका बिनु नेपाली, महिला क्षेत्रिय सदस्य सिमा खडका, मूलप्रवाह नगर अध्यक्ष मानबहादुर केसी, जनजाति विभागका तेज बहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल, खेल विभागका पुरन थापा, महिला सदस्य कुमारी थापा, लक्ष्मी अधिकारी, नेपाली वेलफेयरकी सविना पांडे लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम विभागकी सचिव जमुना खनालको संचालनमा तथा नगर संयोजक माया आचार्यको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने अतिथीहरुको आशन ग्रहणपछी ज्ञात अज्ञात शहीदहरु प्रति एकमिनट मौन धारण पश्चात जमुना खडकाले र रक्तीम कलाकारहरुले स्वागत गर्नुभएकाे थियाे।

श्रीगंगानगर (राजस्थान)–मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिद्धारा संचालित महिला नगर विभाग श्रीगंगानगरको आयोजनामा अंर्तराष्ट्रीय श्रमिक महिला दिवस को कार्यक्रम भव्य तथा सानदार रुपमा सम्पन्न गरिएको छ ।

वर्तमान संरचनामा महिला हक अधिकार, तथा विभिन्न पहलु सम्वन्धमा अंर्तराष्ट्रीय श्रमिक महिला दिवसको आवश्यकता र महत्व बारे बोल्ने वक्ताहरुमा केन्द्रीय सदस्य कृष्ण जीसी , केन्द्रीय सदस्य एंव क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, महिला क्षेत्रिय कोषाध्यक्ष- सुनिता भट्टराइ, सदस्य- बसन्ता नेपाली, कमला खडका, वाग्मती केसी, क्षेत्रिय सदस्य- गिरु प्रसाद न्यौपाने लगाएत हुनुहुन्थ्यो ।

कल्पना न्यौपानेको सञ्चालनमा तथा सरस्वता न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न अतिथिहरुको अतिथि आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौनधारण पश्चात कमला खडकाले स्वागत गर्नुभएको जानकारी त्रिभुवन भट्टराईले दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal