शनिबार, साउन १२, २०८१

जालन्धरमा १११औ श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न

खिमराज चालिसे चंढिगढ

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्धारा संचालित महिला विभाग जालन्धर को आयोजना मा १११ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

अहिले को सन्दर्भमा महिला दिवसको ऐतिहासिक महत्व तथा महिला आन्दोलन बारे व्यापक चर्चा गर्दै विचार व्यक्त गर्ने वक्ताहरुमा मूल प्रवाह अखिल भारत नेपाली एकताका केन्द्रीय सदस्य कुल बहादुर बगाले र लक्ष्मण खड्का, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका, जितमान थापा, दिल बहादुर गाहा,माधव खनाल, प्रेम शंकर खनाल, अमित सुनार, किरन पुन, मधुकर भण्डारी, लक्ष्मण केसी, सन्तोष बुढामगर, राजेन्द्र थापा, इन्दिरा कुवर, कमला विक, रक्तिम विभागबाट सृजना बगाले, विद्यार्थी संघबाट लक्ष्मी परियार, जनजाति विभागबाट दिल बहादुर गाहा, समता विभागबाट अमित सुनार लगाएत हुनुहुन्थ्यो।

कार्यक्रमको संचालक जमुना गाहाले गर्नुभएको थियो भने अध्यक्षता माया परियारले गर्नुभएको कार्यक्रमा उपस्थिति सबैलाई जुना बिक रक्तिम कलाकार हरुले स्वागत गर्नुभएको समाचार केद्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal