शनिबार, साउन १२, २०८१

निर्वाचन आयोगले पठायो एमाले–माओवादी ब्यूँतिएको पत्र

निर्वाचन आयोगले पठायो एमाले–माओवादी ब्यूँतिएको पत्र

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक रुपमा जानकारी दिने भएको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्थाबारे छलफल गर्न मंगलबार बसेको आयोग पदाधिकारीको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा काम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।रातोपाटी।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?