
प्यूठान फाल्गुन २३ गते ।
प्यूठान जिल्लाकाे उत्तरी क्षेत्रमा रहेको गाैमुखी गापा वार्ड नं ४ पूंजामा याे बेल्ट कै पुरानो शैक्षिक केन्द्र श्री महेन्द्र माविकाे ६०ओं बार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद मा०तारा जिसीले व्यानर पढेर उद्घाटन गर्नुभयो ।कार्यक्रममा आफ्नाे विचार राख्दै सांसद जिसीले समाज परिवर्तनकाे लागि र देश परिवर्तनकाे लागी पनि शिक्षाको निर्णायात्मक भूमिका रहने भन्दै महेन्द्र माविकाे ६०ओं बार्षिक उत्सवले त्यो दिशामा काेशे ढुंगा सावित हुने आशा व्यक्त गर्नुभयो।
पार्टीको प्रतिनिधि भएर प्रदेशसभामा प्रतिनिधित्व गरेपछि आफुले सकेजति पिछडिएको याे क्षेत्रमा विकास निकासमा विशेष ध्यान दिएकाे बताउदै महेन्द्र माविकाे पूर्वाधार विकासमा लगातार याेजनाहरू विनियोजन गरेको र सम्पूर्ण गाैमुखीक्षेत्रकाे विकासकाे लागि पनि याेजनाहरू विनियोजन गराउन सफल भएको उल्लेख गर्नुभयो ।महिला नेतृ जिसीले हामीले संघीयता जस्ताे महंगो व्यवस्थामा प्रवेश ग-याै,सुरूमा नबुझे पनि अहिले याे व्यवस्था बाेझिलाे रहेछ,हटाउनु पर्छ भन्ने सबैको मन मनमा पुगेको छ,देशलाई संघीयताले असफल राष्ट्र तिर लगिरहेकाेछ भन्ने प्रष्ट भैसकेको छ।सामान्य खर्च समेत धान्न नसकेकाे देशकाे अवस्था र संघीयता कै कारण विकास निकासमा पनि गम्भीर अवरोध खडा भएकाे छ भन्नुभयाे।नेपालकाे शिक्षा स्तर उपयुुक्त नहुदा शैक्षिक जमात पलायन हुन बाध्य छ र शिक्षाक्षेत्रकाे भूमिका महत्त्वपूर्ण हुनसकेको छैन। व्यवहारिक ,प्राविधिक,सिपमूलक शिक्षा तिर शिक्षा क्षेत्र बढ्दैछ,यसकाे लागी महेन्द्र मावि उदारण बनाेस् र समाज रूपान्तरकाे दिशामा महत्त्वपूर्ण याेगदानकाे आशा सहित वार्षिक उत्सव सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रमकाे अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम केसीले संचालन शिक्षक कवि केसीले बार्षिक आयव्याय प्रधानाध्यापक रामकृष्ण पुरीले पेश गर्नुभएको थियोे । कार्यक्रममा अक्षयकोष दाताहरूलाइ प्रमुख अतिथि मा०तारा जिसी र गापा अध्यक्ष बिष्णु कुमार गिरीले संयुक्त रूपमा प्रशंशापत्र प्रदान गर्नुभएको थियोे।विधालयमा विशेष शैक्षिक सुधारमा याेगदान गर्नुहुने उत्कृट शिक्षक राम बहादुर जिसी र उत्कृट शिक्षाकामा शुशिला केसीलाई पनि कदरपत्र प्रदान गरिएको थियाे।
अन्तर विधालय प्रतिष्प्रधामा उत्कृष्ट विधार्थीहरूलाइ प्रमुख अतिथि मा० तारा जिसी,विशिष्ट अतिथि द्दय गापा उपाध्यक्ष तुलसा सुनार र वार्डध्यक्ष टुक बहादुर केसीले पुरस्कार हस्तान्तरण गर्नुभएको थियोे ।
कार्यक्रमलाई गापाअध्यक्ष विष्णु कुमार गिरी,वार्ड अध्यक्ष टुक बहादुर केसी,उध्धाेग बाणिज्य संघ लुम्बिनी प्रदेश सचिवालय सदस्य स्थानीय समाजसेवी श्री ज्ञामुराम न्याैपाने लगायत अतिथि समाजसेवीहरूले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे । कार्यक्रममा स्थानीय समाजसेवी शिक्षा प्रेमी तथा दलका प्रतिनिधिहरूकाे पनि आातिथ्यता रहेकाे थियोे ।











