
पश्चिम गुजरात भारत :मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति र सुरत नगर समिति महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को आठौ अखिल भारत नेपाली एकता सम्मेलन संदेश सभा समारोह कार्यक्रम शान्ति वि क को अध्यक्षता र सबिना कुँवर को सञ्चालनमा सचिन हाउँशिङ मा सफल सम्पन्न भएको छ। प्रमुख अथिति केन्द्रिय परिषद सदस्य बिन बहादुर रेग्मी, केन्द्रिय परिषद सदस्य ध्रुवराज न्यौपाने, पश्चिम भारत क्षित्रिय उप सचिव हरि कुमार गिरि, सुरत नगर समिति बाट पूर्ण वि क, सचिन नगर बाट कृष्ण के सि, सुरत महिला विभाग बाट गिता बस्याल, सचिन महिला विभाग बाट गिता जैन को अतिथि आसन ग्रहण पछि एक मिनेट मौन धारण गरिएको थियो। इन्दिरा सोनीले उपस्थित जनमास लाई शब्दले स्वागत गर्नु भएको थियो। रक्तिम सांस्कृतिक परिवार सुरत को प्रस्तुति ले कार्यक्रममा चारचाँद लगाएको थियो। आठौ अखिल भारत नेपाली एकता सम्मेलन बाट निर्वाचित दुई पार्षद बिन बहादुर रेग्मी र ध्रुवराज न्यौपाने लाई सचिन नगर अध्यक्ष सबिना कुँवर ले अबिर माला लगाएर स्वागत गर्नु भएको थियो। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति र सुरत नगर समिति को संयुक्त ब्यानरमा कार्यक्रम सम्पन्न भयको थियो।











