शुक्रबार, बैशाख १४, २०८१

नेकपा मसालका महामन्त्री सिंहले लगाउनुभयो कोरोनाविरुद्धको खोप

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित खोप केन्द्रमा पुगी सिंहले खोप लगाउनु भएको हो ।

खोप लगाएपछि आफूलाई कुनै असहज नभएको सिंहले बताउनुभयो । ८६ वर्षीय महामन्त्री सिंह अहिले पनि स्वस्थ र युवा जस्तै राजनीति तथा साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।

सरकारले यही फागुन २३ गतदेखि ६५ वर्ष माथिका उमेर समूहका नागरिकलाई खोप दिन सुरु गरेको हो । नेपालमा गत माघ १४ गतेदेखि पहिलो चरणको खोप लगाउन थालिएको थियो ।युगदर्शन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?