बिहिबार, फाल्गुन २१, २०८२

काेचिनले आठौं अखिल भारत सम्मेलन भब्य र सानदार रुपमा सम्पन्न गर्‍यो

 

रिपोर्टर :- जनक बि सि

अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा ऐतिहासिक आठौं अखिल भारत सम्मेलन ” सन्देश ” सभा काेचिनकाे एर्णाकुलमकाे प्रमुख शहर ” सुबास” पार्कमा बृहत जनसमुदायहरुकाे बिच हर्षाेला बिच सु – सम्पन्न भएको छ । नगर सह- सचिव आसाराम घर्ती मगरले सन्चालन गर्नु भएको कार्यक्रमकाे अध्यक्षता साबित्रा घर्ती मगरले गर्नु भएको थियो भने स्वागत भाषण भबिलाल बि क ले गर्नु भयो । केन्द्रीय परिसद सदस्य जानकि बि सि काे आथित्यता रहेको कार्यक्रम प्रमुख बक्ता जनक बि सि ले आठौं रास्ट्रिय सम्मेलन सन्देश सभा र संगठनकाे इतिहास जिम्मेवारी र भुमिका बारे बाेल्दै हाम्रो संगठनलाई भाँजाे हालेर कारबाही गरि फालिएका अराजक फुटपरस्तहरुले हाम्रो संगठनकाे नाममा अझैसम्म मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे नाममा जुन गतिविधि बढाएका छन याे ऐतिहासिक आठौं रास्ट्रिय सम्मेलन उनिहरुलाई दराे झापट बनेकाे छ । समस्या हामीमा हुने भईपरि रहने कुरा अस्थाई सवाल हुन यि चिजलाई चिरेर मात्र मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे बिकाश हुन्छ भन्ने कुरामा जाेड दिनु भयाे ।

अन्य बाेल्ने बक्ताहरुमा
मेघराज बि सि, चन्द्रिका घर्ती मगर , तिर्थराज घर्ती मगर , तिलक बिस्ट , गुमान सिह घर्ती मगर , छबिलाल राेका मगर र मेघराज बि सि बाेल्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?