शनिबार, साउन १२, २०८१

ओलीलाई हटाऊन ह्यास्ट्याग अभियान चलाएका बाबुराम भट्टराई बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् ।

डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरुको सिकारमा विषाक्त घाँस हाल्दैछन् । किन नबुझेको ?’

डा. भट्टराईले उक्त ट्वीटमा ‘ओली हटाऊ देश बचाऊ’ नारालाई ‘ह्यासट्याग’मा राखेका छन् । रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal