
तिलक थापा बागलुङ , राष्ट्रिय जनमाेर्चा गलकाेट नगरपालिका वडा नं.५, हरिचाैरकाे प्रशिक्षण भेला २०७८ चैत्र ३ गते सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश माननीय सांसद पियारी थापाले प्रशिक्षण तथा मन्तब्य दिनु भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गलकाेटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकालले मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रम राष्ट्रिय जनमाेर्चा हरिचाैरका अध्यक्ष अमर खत्री काे अध्यक्षता, सचिव तम बहादुर कार्कीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।











