
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा ताराखाेलाकाे गाउँपालिकाकाे प्रशिक्षण भेला २०७८ चैत्र ४ गते स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकाेटा, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य तिर्थसिह थापाले मन्तब्य राख्नु भएकाे थियाे । भेलाले स्थानीय निर्वाचनका लागि तिर्थसिह थापाकाे संयाेजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति ताराखाेला, सस बहादुर चाेखालकाे संयाेजकत्वमा ११ सचिवालय रहेकाे निर्वाचन प्रचारप्रसार समिति, भिम बहादुर चाेखालकाे संयाेजकत्वमा ९ सदस्यीय अार्थिक समिति र सम्मर बहादुर थापाकाे संयाेजकत्वमा १३ सचिवालय रहेकाे सदस्यीय स्वंयसेवक परिचालन समिति चयन गरेकाे छ ।
कार्यक्रम डम्मर थापाकाे अध्यक्षता, गणेश चाेखालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।











