शनिबार, साउन १२, २०८१

सामुदायिक रेडियो प्रसारक संघमा प्रगतिशील पत्रकार संघका छ जना बिजयी

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ, नेपाल (अकोराब) को सातौँ राष्ट्रिय अधिवेशन तथा पन्ध्रौँ वार्षिक साधारण सभा शुक्रराज भण्डारी र राम सुवेदीलाई केन्द्रीय सदस्यमा चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनमा भण्डारी खुल्ला सदस्यमा र सुवेदी प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँहरू दुवै जना प्रगतिशील पत्रकार सङ्घ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।

राजधानी काठमाडौँमा २०७७ फागुन २५ गतेदेखि सुरु भएको अधिवेशन आज फागुन २७ गते अर्जुन गिरीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै समापन भएको हो ।

सम्मेलनले सातै प्रदेशमा नौ/नौ सदस्यीय प्रदेश समिति पनि चयन गरेको छ ।

जसअनुसार, लुम्बिनी प्रदेश समितिको कोषाध्यक्षमा भाधव भाटक्षेत्री तथा सदस्यमा लोकेन्द्र सुनार चयन हुनुभएको छ ।

त्यस्तै, गण्डकी प्रदेश समितिको कोषाध्यक्षमा शेखर थापा तथा सदस्यमा घनश्याम गौतम चयन हुनुभएको छ ।युगदर्शन ।

उहाँहरू चारै जना पनि प्रगतिशील पत्रकार सङ्घका सदस्य रहनुभएको प्रगतिशीलका केन्द्रीय अध्यक्ष उदय जिएमले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal