
खिमराज चालिसे,
मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएको कारण समाजका हरेक गतिविधि हरुलाई सामुहिक रुप दिने प्रयास गर्नु र हरेक समस्याहरु तथा चुनौती हरुमा मात्र होईन आफुलाइ पर्ने सबै प्रकारका दुख सुखमा समेत आपसी तालमेल, सहारा, हौसला र समस्याहरु को सहजीकरण को सर्वोत्तम विधी हो सामुहिकता ।
सामुहिक रुपमा अध्धयन गर्नु, सामुहिक रुपमा छलफल चलाउनु, सामुहिक रुपमा निर्णय गर्नु र सामुहिक रुपमा नै निर्णय लाइ कार्यान्वयन गर्ने प्रयास समेत समस्त कार्य शैली सामुहिकता मा ढाल्न प्रयास गर्ने, सामुहिक रुपमा चाड पर्वहरु लाइ कमखर्चिलो र सामुहिक उपयोगी हुने गरि प्रगतिशिल रुपमा मनाउन प्रयास गर्ने , विषेश अवसरमा सामुहिक खानपान को साथ को साथ सामुहिक छलफल, विचार विमर्श गर्ने कार्य भयो भने समाजका हरेक समस्या हरुका समाधान पनि त्यती नै सहज रुपमा हुने गर्दछन। यसरी सामुहिकता अपनाउने टिम भित्र दह्रो एकता, विश्वास, घनिष्ठता र प्रगढ सम्वन्ध बन्न सक्दछ सामुहिकता भित्र सामुहिक हितलाइ सर्वोपरी राख्ने एक अर्कोको मान सम्मानको ध्यान दिने अनुशासन र सभ्यतालाइ आदर्श बनाउने र समस्याहरुमा आत्मियता पुर्वक सहयोग गर्ने कार्यले नै सामुहिकता भित्र अझै सहि दृष्टिकोणको सशक्त रुपमा विकास हुदै जान्छ । जस्ले गर्दा सभ्य अनुशासित समाज निर्माण मा पनि सहयोग हुन सक्दछ।
हामीलाइ थाहा छ मूलप्रवाह अखिल भारत नेपाली एकता त्यो विश्वविद्यालय हो जहा यसप्रकारको उच्च अनुशासन, क्रियाशिलता, घनिष्ठता, विश्वास तथा मान सम्मान एंव सभ्यता ले भरिएको परिपक्क शिक्षा दिदै सामुहिकता को पाठ पढाउने गर्दछ म पनि यहि विश्वविद्यालय रुपी संगठनको एउटा कार्यकर्ता भएकोले पनि मलाई सामुहिकता को अभ्यास गर्दा कैयन अप्ठारा समयहरुमा चुनौतीहरुको सहजीकरण मा महत्वपूर्ण मार्ग मिल्ने गरेको हुदा मेरो अनुभवलाइ सबैको सकारात्मक सुझावको अपेक्षा गर्दै संक्षिप्त मा बताउने प्रयास गरेको छु ।
करिव २० वर्ष पहिला म भारत को उत्तरप्रदेश राज्यको नोएडा स्थित भुडा गाउको एउटा कलोनीमा बस्ने गरेको थिए त्यहा कुल १० वटा रुमहरु थिए त्यी रुम मध्ये एउटामा मात्र भारतिय नागरिक बस्थे भने बाकी सबै रुमहरुमा हामी नेपाली हरु नै बस्थ्यौ तर हाम्रो संगठन मूलप्रवाह का तात्कालिन नगर सदस्य तथा रक्तीमका नारायण केसी को एउटा रुम र मेरो अर्को रुम बाहेक संगठित साथिहरु थिएनन, म त्यो बेला नोएडाको युवा मोर्चाको नगर अध्यक्ष र पश्चिमोत्तर क्षेत्रको क्षेत्रिय कोषाध्यक्ष पनि थिए। नारायण जी र म त्यो कलोनीमा प्रवेश गर्दा त्यहा जाडरक्सी खानेहरु र जुवातास खेल्नेहरु को निकै बोलबाला थियो । अर्को तर्फ मेरो कोठा पनि वर्षा याममा पानी पर्दा छत नै चुहिने समस्या भएको, छरछिमेकी हरु जाडरक्सी र जुवातासमा लिप्त भएको मात्र होईन धेरै पटक संगठनको काम गरि गाउ मा फर्कदा असमायिक तत्वहरु द्धारा साइकिल समेत पैसा लुटपाट हुनु त्यो गाउको आसपास भई नै रहने घटना हरु थिए । त्यी सबै समस्याहरु विरुद्ब संघर्ष गर्दै हामी खडक केसी, दुर्गा बोहरा, प्रितम केसी, रुकमागत, बल वहादुर कुवर, मदनलाल कुवर लगाएतका कार्यकर्ता लगातार संघर्ष गरिरह्यौ ।
अझ एकपटक त झगडा गरिरहेका नेपालीहरु छुटाउन जादा हामी माथी सान्घातिक हमला गर्ने र हाम्रै विरुद्ध झुटा आरोप लगाएर खडक केसी, दुर्गा बोहरा र मलाइ पुलिस बन्दीगृहमा (थुनामा) पुराइएको र पछि अदालत बाट जमानतमा छुटेको घटना अझ स्मरणिय छ। यसरी सामाजिक कार्यकर्ता हरुलाइ असमाजिक व्याक्ती हरु ले आक्रमण गरी नै रहन्थे । तर हजारौ चुनौती तथा समस्याहरु विरुद्ब सतीसाल झै निर्भिकता पुर्वक उभिन सिकाउने मूलप्रवाह तथा युवा मोर्चाले दिने सैद्धान्तिक खुराकले झनझन दृढ़ता पूर्वक समस्याहरु विरुद्ब संघर्ष गर्न उर्जा दिईरहन्थो
भुडा गाउँ को त्यो कलोनीको एउटा रुममा दुई जना बैनिहरु पनि बस्थे उनिहरुलाइ राम्ररी थाहा थियो हामी एकता समाजका कार्यकर्ता हौ भन्ने त्यहिकारणले उनिहरुले हामीलाइ सधै अभिभावक जस्तै सम्झन्थे तर अरु साथीहरु भने बेग्लै स्वभावका थिए । मेरो योजना त्यो कलोनीलाइ रक्सी र जुवातास मुक्त पार्ने थियो त्यसको लागी वहाहरुको बिचमा विश्वासको वातावरण बनाउनु र संगठन स्थापित गर्नु सबैभन्दा कठिन काम थियो तै पनि हामीले नयाँ योजना बनाउन थाल्यौ । ४-६ महिनाको बसाइ पछी नारायण केसीजी संग मैले कलोनीमा साप्ताहिक सामुहिक खाना खाने योजना बनाएर संगठन निर्णय को अभ्यास गर्ने सुझाव सहित आग्रह गरे वहाले मेरो योजना सुनेर आग्रह स्वृकार गर्नुभयो, हाम्रो योजनामा दुबैजना बैनिहरुले पनि खुब सहयोग गर्नुभयो, यसरी हामीले प्रत्येक साताको शनिबार कलोनीको छतमा बसेर सबै नेपालीहरु ले सामुहिक रुपमा खाना खाने प्रारम्भिक कार्य शुरु गर्यौ ! सामुहिक भोजनको हाम्रो यो पहिलो अभ्यास थियो त्यो अभ्यास ले केहि समयमा नै अप्रत्याशित रुपमा कलौनीको वातावरणमा परिवर्तन ल्यायो, हिजोसम्म खुल्ला जाडरक्सी खानेहरु तथा जुवातास खेल्ने हरु ले अब हामीसंग लुकेर खान थाले तास खेल्न करिव बन्द भयो अब हामीले त्यही कलोनीमा विभिन्न विषयहरुमा क्लास चलाउने, छलफल, विचार विमर्श गर्ने तथा विभिन्न प्रगतिशील दिवशहरु मनाउने, लगाएत रक्तीम का गित गाउने नाच्ने लगाएतका कृयाकलाप चलाउन थाल्यौ । मलाइ नाच्न गाउन त्यतीबेला आउदैन थियो तर जानि नजानी सहभागिता जनाउथे ।
केहि समय पछि सामूहिक खाना खादा खादै यो कलोनीमा सबै हाम्रो संगठनका सदस्यहरु बने र वर्ष २००३ को तिहारमा प्रवास मा जनवादी भैलोमा कलोनीबाट चारजनालाइ सहभागि बनायौ यसरी भुडा गाउँ को त्यो कलोनिबाट पछि एक जना बैनि लक्ष्मी खनाल हाम्रो संगठन को क्षेत्रिय स्तर को कलाकार र महिला कार्यकर्ता बनेकी हुन।
सामुहिकता को छोटो अनुभव लिएर म वर्ष २००५ मा सुदुर पश्चीमोत्तर क्षेत्रको चंडिगढमा आए तिन वर्ष सम्म बस्ने खाने र कामगर्ने निश्चित नभएका अवश्थाहरुमा सामान्य संगठनात्मक गतिविधिहरु मा सहभागि रहे पनि कार्यकर्ता उत्पादन गर्न सकिएको थिएन वर्ष २००८ मा चंडिगढ को सेक्टर २८ मा बस्ने र कामगर्ने चाजोपाजो दिनेश खडकाजी को विषेश सक्रियता मा बन्यो तर यो बेला यो सेक्टर मा धेरै नेपाली हरु ले नेपाली नबोल्ने गर्दा रहेछन हामीले सबैसंग करिव ५-६ वर्ष व्याक्तीगत रुपमा मित्रता गरि घनिष्ठता बढाएर सेक्टर भित्र धेरै नेपाली हरु लाइ नेपाली बोल्ने बानि पार्यौ यो कार्यमा सिमा खडका, जुना चालिसे, दिनेश खडकाजी को पनि महत्वपूर्ण योगदान रहेको छ।
व्याक्तीगत मित्रता लाइ अगाडि बढाउदै हामीले खेलकूद मैदान आफ्नै कार्यस्थल (दुग्ध पसल) को कोखमा बनायौ यो कार्यमा राम बहादुर पुनजी र शमशेर केसीजी को महत्वपूर्ण योगदान रहेको थियो, त्यहा शुरुमा पुरुष हरुको बेडमिंटन भए पनि वर्ष २०२० को कोरोनाकाल बाट महिलाहरु लाइ खेलकूद मा प्रोत्साहित गरियो र खेललाइ वहाहरुले आजसम्म निरन्तरता दिनु भएको छ। त्यतीमात्र होईन यो ग्राउन्डमा क्लास भेला तथा विभिन्न कार्यक्रमहरु सामुहिक रुपमा हुने गरेका छन।
बर्ष २०१४ देखि सेक्टर २८ का संगठन क्रताहरु सामुहिक पिकनिक जाने, सामुहिक पर्वहरु मनाउने विषेश अवश्था हरु मा खाना पनि सामुहिक रूप मा खाने, क्लास छलफल आदी सामुहिक व्यवस्था गरेर एउटा मजबूत घनिष्ठ र सहयोगी टिमको रुपमा स्थापित भएको छ।
सामुहिक अध्ययन, छलफल, विचार, विमर्श तथा सामुहिक कार्यक्रम तथा सामुहिक खाना पिन हरुको आयोजना संगठन निर्माणको एक अभिन्न अंग तथा कार्यकर्ता निर्माण को एउटा उर्जात्मक श्रोत हो भन्ने कुरा व्यवहारिक अनुभव पनि हो मेरोलागी ।
आफु आउदा नेपाली भाषा बोल्ने पाउनुलाइ पनि गर्व सम्झने गरेको यहि सेक्टर र एरिया मा सामाजिक र सामुहिक रुपमा गर्ने कार्य हरुले नै नयाँ कार्यकर्ता निर्माण, संगठन शशक्त बन्दै जाने दिशामा उल्लेखनिय उपलब्धीहरु मिलेको कुरा यहाहरु सबैको विश्वास, निर्देशनको पालना समेतको व्यवहार बाटै स्पष्ट छ ।
गत १०-१२ वर्षको अन्तरालमा नै एउटा स्थानिय सेक्टर बाटै डेढ दर्जन भन्दा बढि कार्यकर्ता निर्माण हुनु र चार जना कार्यकर्ता लाई संगठनात्मक रुपमा विदाइ गरि स्वदेश पठाउने गौरवमय उपलव्धी प्राप्त गर्नुलाइ हामीले सुखद रुपमा लिनुपर्छ । सामुहिक कार्यहरुमा मूलप्रवाहका केन्द्रीय सदस्य दिनेश खडका ले गरेको सपोर्ट तथा सहयोग तथा आवश्यक निर्देशनहरु सधै स्मरण रहनेछ ।
कतिपय स्थान, समय, तथा परिवेशमा सामुहिकता कमजोर पनि हुन सक्दछ तर त्यहा सामुहिकता कमजोर पर्नु भनेको आपसी विश्वास, घनिष्ठता, सहयोग, समर्थन तथा विभिन्न समस्याहरु को सहजीकरण मा अप्ठारो परिस्थिति निम्त्याउनु पनि हो, हाम्रो विश्वासको भर्याङ्ग सामुहिक दृष्टिकोण कमजोर हुनु संगठन कमजोर मात्र हुदैन बल्कि घनिष्ठता घटने, विश्वास कमहुने र व्यवहारिक रुपमा हामी स्वंयलाइ कमजोर पार्ने तथा विभिन्न समस्याहरु को सहजीकरण को बाटोलाइ अप्ठारो बनाउनु हुनेछ । त्यसैले सामुहिक अध्ययन गर्नु, सामुहिक रुपमा छलफल चलाउनु, सामुहिक रुपमा निर्णय गर्नु र सामुहिक रुपमा नै निर्णय लाइ कार्यान्वयन गर्ने प्रयास तथा सामुहिकता मा विश्वास घनिष्ठता र सबैको सम्मानको ध्यान राख्यौ भने समाजका हरेक समस्या हरुका समाधान पनि त्यती नै सहज रुपमा हुने गर्दछन।
साथै मूलप्रवाह का सबै कार्यक्रताहरु ले आ आफ्नो स्थानमा सामुहिक र सामाजिक दृष्टिकोण लाइ व्यावहारिक रुपमा लागु गर्ने प्रयास गरेमा हजारौ नयाँ कार्यकर्ता उत्पादन गर्न सकिने र सयौ नेताहरु लाइ आन्दोलन मा पठाउन सकिने विश्वास को साथ सामुहिकताको अनुभव सार्वजनिक गरेको छु ।