बिहिबार, फाल्गुन २१, २०८२

प्युठानको झिमरुक-७ मा एमालेबाट २१ जना अन्य बाट ४गरि २५ जना राष्ट्रिय जनमोर्चामा प्रवेश

प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं ७ मा विभिन्न पार्टी परित्याग गरी २५ जना राजमोमा प्रवेश गरेका छन् । शनिबार तुषारमा आयोजित राष्ट्रिय जनमोर्चा झिमरुक–७ को वडा भेला तथा प्रशिक्षणका क्रममा राजमोले २५ जना राजमोमा समाहित भएका हुन् ।

त्यसरी समाहित हुनेमा एमालेबाट २१ जना, काङ्ग्रेसवाट ३ जना र माओवादी केन्द्रवाट १ जना रहेका छन् । नवप्रवेसीहरुलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसिले अविर लगाइ स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अखिल (छैठौं) का महासचिव सुवाश जिसि, राजमो जिल्ला सल्लाहकार ठाकुर गिरि, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य भरत ढकाल, अखिल भारत नेपाली एकता समाजका पूर्वकेन्द्रीय सदस्य खिमबहादुर विक, जातीय समता समाजका जिल्ला सदस्य रेकमबहादुर रसाइली, वयोवृद्ध नेता भेषमान गिरी र गोविन्द जिसि, पूर्व तुषारा गाविस अध्यक्ष किरण जिसि, कार्यपालिका सदस्य केवि सुनारको आतिथ्यता रहेको थियो ।

यस्तै, एकता समाजका मोहन रसाइली, किसान नेता पूर्ण बहादुर महतारा, महिला संघकी नेता बिना कुमारी महतारा, युवक संघका ७ न. सचिव वसन्त केसी, महिला नेतृ राधा थापा र टीका महतारा लगाएतका नेता कार्यकर्तासहित स्थानीय जनताको व्यापक उपस्थिति रहेको थियो । भेलाले राष्ट्रिय जनमोर्चाको चुनाव परिचालन समितिका साथै १५६ सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

भेलाको अध्यक्षता दिनेन्द्र महतारा, स्वागत खिमबहादुर बस्नेत र सञ्चालन रामचन्द्र भण्डारीले गर्नुभएको थियो ।

आजै झिमरुकका वडा न. १ र २ मा पनि राजमोको वडा भेलाहरु सम्पन्न भएका छन् । भोलि १३ गते वडा न ६ तोरवाङ्गमा अन्तिम भेला हुने प्रचारप्रसार संयोजक सुवाश जिसिले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?