
अनुज पछाई ,प्यूठान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्यूठान जिल्लाका नौ वटा स्थानियतहमा एक लाख ५९ हजार ३४६ जना मतदाता रहेका छन । कुल मतदाता मध्ये महिला ८२ हजार १८ जना र पुरुष ७७ हजार ३२७ र अन्य १ जना रहेका छन् ।
प्यूठानमा कुल मतदान स्थल १ सय ५१ रहेको छ भने मतदान केन्द्र संख्या २ सय २० रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
प्यूठानको ऐरावती गाउपालिकामा १७ वटा मतदान स्थल रहेका छन भने २१ वटा मतदान केन्द्र रहेका छन । त्यस्तै गौमुखि गाउपालिकामा १६ मतदान स्थल र २२ मतदान केन्द्र , झिमरुक गाउपालिकामा २० मतदान स्थल र २९ मतदान केन्द्र , नौबहिनी गाउपालिकामा २४ मतदान स्थल र २७ मतदान केन्द्र र प्यूठान नगरपालिकामा २४ मतदान स्थल र ४० मतदान केन्द्र रहेका छन ।
त्यस्तै मल्लरानी गाउपालिकामा १२ वटा मतदान स्थल र १६ मतदान केन्द्र ,माण्डबी गाउपालिकामा १० वटा मतदान केन्द्र र १६ वटा मतदान केन्द्र , सरुमारानी गाउपालिकामा १४ मतदान स्थल र १९ मतदान केन्द्र र स्वर्गद्धारी नगरपालिकामा १७ मतदान स्थल र ३० मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिकामा २९ हजार ८ सय ८६ मतदाता रहेका छन् भने सबैभन्दा कम माण्डवी गाउँपालिकामा १० हजार ३ सय ७२ जना मात्र मतदाता रहेका छन् ।











