काठमाडौं, चैत १९ । वैशाख ३० गते हुने स्थानीय तहको आसन्न निर्वाचन परियोजनाका लागि जनक शिक्षा सामाग्री केन्द्र, सानोठिमी भक्तपुरले शुक्रबारदेखि मतपत्र छपाइ कार्य सुरु गरेको छ।
उनका अनुसार यसपटक मतपत्र जिल्लागत रूपमा छपाइ कार्य हुन्छ। ‘शुक्रबार परीक्षणको रूपमा मत्रपत्र छपाइ भयो। मसी लगायतका गुणस्तर परीक्षण गरियो,’ प्रवक्ता पौडेलले नागरिकसँग भने, ‘मतपत्र २६ लहर समुहमा ७७ प्रकारको छपाइ हुन्छ।’ कुल मतदातामध्ये ८७ लाख ४१ हजार ५ सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एक सय ८३ अन्य अन्य रहेको आयोगको तथ्यांक छ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले अघिलो चुनावमा ६ प्रकारका मात्र मतपत्र छापेको तर यसपटक ७३ दलले नै ७७ वटै जिल्लामा चुनावमा भाग लिने आवेदन दिएपछि जिल्लागत रूपमा छापिने तय गरिएको जनाए। ‘स्थानीय निर्वाचनमा भाग लिन भनी समयसीमाभित्र ८० दलले निवेदन दिए। जसमध्ये ७९दलले स्वीकृति पाए तर ७३ दलले ७७ वटै जिल्लामा निर्वाचनमा भाग लिने निवेदन दिएका थिए,’ सहायक प्रवक्ता अर्यालले भने, ‘७७ जिल्लामै भाग लिने भनेपछि मतपत्र निकै ठूलो हुने देखियो।
यही समस्या हल गर्न यसपटक आयोग जिल्लागत रूपमा मतपत्र छाप्ने भएको हो।’ जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिल झाले शुक्रबारदेखि मतपत्र छपाइ कडा सुरक्षा घेराभित्र भइरहेको जनाए। मतपत्रको आकार ७३ सेमी चौडाइ र १०३ सेमी लम्बाइ सिटमा हुने उनले जनाए। ‘७ वटा मेसिनले मतपत्र छपाइ सुरु गरेको छ। नागरिक दैनिकबाट












