
शंकर प्रसाद पोख्रेल गुल्मी तम्घास
राष्ट्रिय जनमोर्चा गुल्मी जिल्लाको छत्रकोट गाउंपालिका वडानं तिनको चुनावी भेला सम्पन्न सम्पन्न भएको छ राजमो नेता गुमान सिंह पुनको संचालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता राजमो छत्रकोट ३ का अध्यक्ष स्यामलाल पन्तले गर्नुभएको थियो भने स्वागत भासण चम्पा पुनले गर्नुभएको थियो।
कार्यक्रमको प्रमुख अथिती बाट राष्ट्रिय जनमोर्चा जिल्ला नेता हरि न्यौपाने रहनुभेको थियो, अन्य बक्ताहरुमा प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसाद पोख्रेल राजामो छत्रकोट गाउंपालिकाका अध्यक्ष दधिराम कंडेल ,युबक संघ जिल्ला अध्यक्ष खिम बहादुर बुचा मगरको उपस्थिति रहेको थियो।
चुनावी भेलाले राष्ट्रिय जनमोर्चाको चुनावी अभियान कार्यक्रमलाई छ्त्रकोटमा आम जनता सम्म पुराउने नि णय गरेको छ।
रामु पुनको संयोजकत्वमा पाच सदस्यीय चुनाव परिचालन समिती ,खिम बहादुर बुचाको संयोजकत्वमामा ३१ सदस्य चुनाव प्रचार प्रसार समिती ,हरि पुनको संयोजकत्वमा आर्थिक परिचालन समिती निर्माण भएको छ।











