मङ्लबार, माघ २१, २०८२

मायाँ पनि जाने रे प्रवासबाट गिलासमा भोट हाल्न 

बिन बहादुर रेग्मी प्युठानी
चुनाव आको छ,आऊनुस एकै छिन गफ गरौ।आजकल भट्टिपसल चियाँपसल, चौतारी, दोबाटो घुम्टी त्यतिमात्रै होईन फेशबुक टवीटर सामाजिक सञ्जालमा यिनै गफहरू हुने गरेका छन्। गफ गर्ने तरिका सैली प्लेटफर्म भने केही फरक छन। कसैको आमा उठेको छ, कसैको मामा उठेको छ, धेरैलाई चुनावमा के कति खान पाइन्छ मजा गर्न पाइन्छ त्यतैमा भुलेका छन,कसैले गाली गलौज व्यक्तिगत आरोप लगाउँदै गफको सुरु गर्छन् कसैले विधि पद्धति प्रक्रिया मिलाएर गफलाई रोचक र घोचक रसिलो बनाऊछन। मैले हेरिरहने सबै खाले गफहरुमा तालि र लाईक को बर्षात छ। यसको अर्थ हामि दर्शक जनतालाई प्रगतिशील सोचको अभाव छ अर्थात् धामी झाँक्री बाई बोक्सीको समाज मा हुर्किएको अन्धविश्वास र अन्धभक्ति ले हामिलाई गाजेको छ त्यसैले त जनतालाई भिड जुटाएर तमासा देखाउन र तालि बजाऊन प्रयोग गर्ने गरेका छन् नेता दलहरु। पैंसा रक्सी को खोलो बगाएर बेरोजगार जनतालाई कति उपयोग गर्छौं? हर्केको प्रश्न यही हो, दम छ भने नीति कार्यक्रम के छ सिदान्त विचार को आधारमा चुनाव लडेर देखाऊ न? एन सी एल को पैसाले चुनाव जितेको हामीलाई थाहा छैन र?यसो भनिरहँदा सचेत र सङ्गठित क्रान्तिकारी कम्युनिस्ट सोच भएका जनतालाई अपमान गर्न खोजेको चाहिँ होइन। समस्या यो छ कि सचेत र सङ्गठित क्रान्तिकारी जनता भनेर कसलाई भन्ने? सधै भरि आमुल परिवर्तनको पक्षमा क्रियाशील सर्वहारा वर्गको अधिनायकत्व को लागि जिवित हलचलमा देखिने नै बास्तविक रुपमा सचेत र सङ्गठित क्रान्तिकारी व्यक्ति हुन्। त्यस्ता व्यक्ति वा क्रान्तिकारीहरू को गफ मा आन्दोलन को हुँकार हुन्छ। गरिबी बेरोजगारी समस्या को चित्र हुन्छ। संघीयता को बिरुद्ध आक्रोश हुन्छ, राष्ट्रघाती एम सी सी को बिरुद्ध हुंकार हुन्छ,महँगी कालाबजारी घुसखोरी को ऐना हुन्छ। जुन गफ हर्के ले गरिरहेको छ, प्रतिगामी अवसरवादी अराजकतावादी फुट परस्त तत्वहरूलाई किनारा लगाउन गिलासमा भोट माग्दै छ, गाउँ गाउँमा बस्ती बस्तीमा हर्के विरे दले मात्रै होइन गिलासमा भोट हाल्न प्रवासबाट मधु ,सरस्वती , गंगा, प्रेमा, सुन्तली , जाँदैछन्। उताबाट मायाँ पनि जाँदै छिन। ए, हामी बसेर गफमा नभुलौं मानौ गफ त सक्किनै लाग्दा पनि भरखरै मात्र सुरु भएको जस्तो लाग्छ, दुस्मन शक्ति ले हाम्रो गफको काजोरी ठानेर घेराबन्दी नगरोस, जाऊ फिल्डमा….. सबैले गिलास गिलास, भोट गिलासमा भन्दैछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal