
तिलक थापा बागलुङ
मिति २०७८/१२/२४ गते बागलुङ जिल्ला बडिगाड गाउपालिका वार्ड न.१०दर्लिङ मा रा.ज.मो.को निर्वाचन सम्बन्धि वार्ड भेला सम्पन्न भएको छ। भेलामा रा.ज.मो.गण्डकी प्रदेस सचिब बेदिलाल सापकोटा, रा.ज.मो.बडिगाड गाउपालिकाका सचीव इस्वर मान बि.क.लगायतले मन्तब्य राख्नु भएकाे थियाे।भेलाबाट पुर्ण ब.बि.क.को संयाेजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिति, युक्ति प्रसाद बि.क.को संयाेजकत्वमा ३३सदस्यीय निर्वाचन प्रचार प्रसार समिति र नवीन बि.क.को संयाेजकत्वमा १५ सदस्यीय स्वयसेबक परिचालन समिती चयन गरेकाे छ ।
आगामी दिनमा बाकी रहेका टोल हरुमा समिति गठन गर्ने र जनभेट्घाट तथा घरदैलो गर्ने निर्णय गरेकाे छ । कार्यक्रम युक्ती प्रसाद बिककाे सन्चालन, पुर्ण ब.बि.क.काे अध्यक्षता र यम ब.बुढाकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।











