शुक्रबार, चैत्र १६, २०८०

मोहन विक्रमले सिंहले गरे मोहन वैद्यलाई सम्मान

काठमाडौँ। नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’द्वारा लिखित ‘माक्र्सवादी समालोचना’ नामक पुस्तक आज एक कार्यक्रमका बीच विमोचन भएको छ। समी साहित्य प्रतिष्ठानद्वारा आयोजित युक्त कार्यक्रममा तत्कालीन नेकपा चौथो महाधिवेशनका महामन्त्री मोहनविक्रम सिंह र नेकपा मसाल पाँचौ महाधिवेशनका महामन्त्री किरण एक साथ देखिएका थिए।

कार्यक्रममा नेकपा मसालका महामन्त्री सिंहले क्रान्तिकारी माओवादीका महासचिव तथा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक किरणलाई समी साहित्य साधाना सम्मान एक लाख एघार हजार एक रुपैयाँ राशीबाट सम्मान गरिएका थिए। कार्यक्रममा किरणद्वारा लिखित माक्र्सवादी समालोचना नामक पुस्तक पनि सार्वजनिक भएको थियो।

दुई पुराना कम्युनिष्ट नेताहरु लामो समयपछि एक ठाउँमा देखिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal