बिहिबार, फाल्गुन २१, २०८२

राष्ट्रिय जनमाेर्चा तंग्राम ४ बागलुङको निर्वाचन महिला परिचालन टाेल भेला सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा तंग्राम ४ काे निर्वाचन महिला परिचालन टाेल भेला २०७८ चैत्र २९ गते ममता आमा समुहको भवनमा सम्पन्न भएकाे छ । अखिल नेपाल महिला संघ काठेखोला-४ तंग्रामका अध्यक्ष हिरा बि.क.ज्युको अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राजमो काठेखोलाका सचीव टिका संगम बि.क. , अखिल नेपाल शिक्षक संघका प्रतिनिधि एवम युवा बुद्धिजीवी कर्ण बहादुर पुन ले प्रशिक्षण दिनुभएको थियो । भेलाले मनु बि.क. काे संयाेजकत्वमा ५१ सदस्यीय निर्वाचन महिला परिचालन उपसमिति साविक तंग्राम-४ चयन गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?