
तिलक थापा बागलुङ
राष्ट्रिय जनमाेर्चा गल्कोट नगरपालिका वार्ड न.१० पाण्डपखानीको वडा भेला २०७८ चैत्र ३० गते सम्पन्न भएकाे छ । भेलामा अतिथिहरु रा.ज.मो.गण्डकी प्रदेस सचिब बेदिलाल सापकोटा, रा.ज.मो.जिल्ला सल्लाहकार तथा गल्कोट नगर अध्यक्ष टंक ब.केसि, जिल्ला समिति का सदस्य पदम श्रेष्ठ लगायतले प्रशिक्षण मन्तव्य दिनु भएकाे थियाे । भेलाले पृर्थ ब.श्रीस को अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमाेर्चा वडा समिति पाण्डपखानी चयन गरेकाे छ । जसमा उपाध्यक्ष बेल ब.बिक, सचिव दुर्गा प्रसाद राना, कोषाध्यक्ष पबित्रा गलामी सदस्यहरुमा सम्भु राना, छम ब.सुनार, खड्क ब.श्रीस, खिम ब.बिक, कबिराज सुनार, केशराम राना, साधना राना रहनु भएकाे छ भने भेलाले पृर्थ ब.श्रीस को संयाेजकत्वमा १३ सदस्यीय स्थानीय निर्वाचन परिचालन समिती चयन गरेकाे छ । कार्यक्रम पृर्थ ब.श्रीसको अध्यक्षता, रेशम रानाकाे संचालन र बेल ब.बिककाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे











