आइतवार, अशोज ९, २०७९

प्युठानको स्वार्गद्वारी नगरपालिकामा गठबंधन दलले गरे पद बाडफाड

बैशाख ४ प्युठान
नेपाली काङ्ग्रेस, रास्ट्रीय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर जाने निर्णय भएको छ।
बैशाख ४ गते आइतबार  बसेको पालिका स्तरीय गठबन्धन दलको बैठकले पद भाडफाड समेत गरेको छ। नेपाली काङ्ग्रेसले नगप्रमुख सहित ३ वटा वार्ड, उपप्रमुख सहित ४ वटा वार्डमा राजमो र दुई वार्ड एकीकृत माओवादीले पाउने गरि सहमति गरिएको प्रेस वक्तव्यमा  उल्लेख गरिएको छ।
जिल्ला स्तरमा भने सहमति हुन सकेको छैन प्युठानमा पद सहित बाड्फाड गरि गठबन्द्न गरेर जाने निर्णय स्वार्गद्वारीनगर पालिका पहिलो भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?