
बैहाख ५
गुल्मी तम्घास
गुल्मीमा पनि गठबन्धका दलहरु बिच मतान्तर देखिन सुरु भएको छ ।
आगामी ३० गते हुने स्थानिय तह निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका नेपाली कांग्रेस,नेकपा माओबादी केन्द्र,राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजबदी बिच राम्रो तालमेल देखिएको छैन । चैत २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलले वैशाख ४ गते हिज सम्म उम्मेदवारी टुंग्याउन निर्देशन दिएको थियो। गुल्मीको सत्यवती गाँउपालीकामा गठबन्धनको तर्फ बाट अध्यक्षमा कांग्रेसका पारेश्वर ढकाल चयन हुनुभयो तर अन्य उम्मेद्वार चयन अन्यौलमा छ ।
छत्रकोटमा गठबन्धनको तर्फ बाट अध्यक्षमा कांग्रेसका अनन्तरा पौड्याल चयन हुनुभयो तर अन्य उम्मेद्वार चयन अन्यौलमा छ ।
रुरुक्षेत्रमा गठबन्धनको तर्फ बाट अध्यक्षमा माओबादी केन्द्रंका यदु ज्ञवालीको सम्भावना बलियो देखिन्छ । तर रुरुक्षेत्र गाउपालिकामा राष्ट्रिय जनमोर्चाले बिभिन्न पदमा आफ्ना उम्मेद्वार उठाने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गुमानसिंग पुन मगरले बताउनु भयो । नेपाली कांग्रेस,नेकपा माओबादी केन्द्र बिच उम्मेद्वार चयनका बिषयमा सहमती नजुटे पछि यस्तो निर्णय गरेको बताईएको छ ।
यस्तै गुल्मीदरबारमा कांग्रेस एक्लैको सम्भावना छ । अध्क्षमा सरोज थापा उम्मेद्वार बन्ने लगभग पक्कापक्कि छ । यस्तै अन्य पालिकामा पनि उम्मेद्वारी घोषणाले पूर्णता पाएको छैन । राष्ट्रिय जनमोर्चाले सहमति न हुने पालिका र वडाहरुमा एक्लै चुनाव लड्ने नीति रहेको जिल्ला नेता टेक बहादुर केसिले बताउनुभयो।











