बिहिबार, फाल्गुन २१, २०८२

एकीकृत समाजवादी जिल्ला कमिटि गुल्मीको बैठकले :उम्मेदवाहरुको घोषणा गर्यो

लक्ष्मण सुनार, गुल्मी
नेपाल कम्युनिस्ट पार्टि(एकीकृत समाजवादी ) जिल्ला कमिटि गुल्मीको दोस्रो पुर्ण बैठक तम्घासमा सम्पन्न भएको छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टि(एकीकृत समाजवादी ) केन्द्रीय कमिटि सदस्य एवं गुल्मि जिल्ला इन्चार्ज गणेश खनालको प्रमुख आतिथ्यता ,केन्द्रीय सदस्य तथा गुल्मी सह इन्चार्ज गणेश वि.क.,पार्टि केन्द्रीय सल्लाहकार सद्स्य नगेन्द्र किरण ठकुरि,प्रदेश कमिटि सचिवालय सदस्य श्रीराम महत ,प्रदेश कमिटि सदस्य मदन विष्ट ,चन्द्र सुनार,झवि पाण्डे ,हरि छन्त्याल कर्ण ध्वज जिसि लगायातको आतिथ्यता रहेको थियो ।
बैठकले आशन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गुल्मी जिल्ला रहेका १२ स्थानिय तह मध्ये १० स्थानीय तहका नगर प्रमुख ,उपप्रमुख र गाउपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुको नाम सर्व सम्मत चयन गरि घोषण गरेको छ ।
रेसुङ्गा नगरपालिकामा मेयर पदमा गणेश वि.क. उम्मेदवारी घोषणा गरेको छ। मुसिकोट नगरपालिकामा मेयर पदमा श्रीराम महत र उप मेहर पदमा साबित्रा भण्डारि लाई चयन गरेको छ।
त्यसैगरि धुर्कोट गाउपालिकामा अध्यक्ष पदमा नरेश भण्डारि र उपाध्यक्ष मा प्रेमकला खनाललाई चयन गरेको छ।
त्यसैगरि मदाने गाउपालिका को अध्यक्ष
मा बिक्रम जि.एम. ,उपाध्यक्ष मा आशा झाक्री ,मालिका गाउपालिका मा अध्यक्ष समिर गौतम र उपाध्यक्ष उर्मिला घर्ति इश्मा गाउपालिका मा अध्यक्ष मदन बिष्ट उपाध्यक्ष मा कमला बराललाई चयन गरेको छ त्यसैगरि गुल्मी दरवार गाउपालिका मा अध्यक्ष पदमा नगेन्द्र किरण ठकुरि छत्रकोट गाउपालिका मा अध्यक्ष हिमाल थापा उपाध्यक्ष भावना भण्डारी रुरु गाउपालिका मा अध्यक्ष पदमा राम जि ज्ञवालि कालिगण्डकि गाउपालिकामा अध्यक्ष पदमा झवि पाण्डेको नाम सर्व सम्मत चयन गरेको जिल्ला अध्यक्ष नरेश कुमार भण्डारी ले जानकारि गराउनु भएको छ
बैठक पार्टि जिल्ला कमिटि अध्यक्ष नरेश कुमार भण्डारिको अध्यक्षता ,उपाध्यक्ष राम मल्ल ठकुरिको स्वागत मन्त्ब्यबाट सुरु भएको बैठकको सन्चालन सचिव सुरेन्द्र कडेलले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?