सोमवार, साउन २३, २०७९

गुल्मिमा महिला बलात्कार गरेको आरोपमा एकजना बुटवलबाट पक्राउ

गुल्मीमा महिला बलात्कार गरेको आरोपमा एक पुरुष बुटवलबाट पक्राउ परेका छन् ।आइतबार गुल्मीको इस्मा गाउँपालिका–३ , ठाडङ्गाको वन–खोल्सामा २७ बर्षीय महिलालाई बलात्कार गरी फरार भएका सोही ठाउँका २९ वर्षीय कृष्णबहादुर नेपालीलाई प्रहरीले मंगलबार रुपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो । नेपालीलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धान थालिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal