बिहिबार, फाल्गुन २१, २०८२

झबिलाल थापा बने भुमिकास्थानमा राष्ट्रिय जनमोर्चाका उमेदवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको भूमिकास्थानमा झविलाल थापालाई अगाडि सारेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि थापालाई नगर प्रमुखको उम्मेदवारका रुपमा अगाडि सारिएको राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।

थापालाई राष्ट्रिय जनमोर्चा केन्द्रीय निर्वाचन बोर्डलेसमेत स्वीकृति दिएको अध्यक्ष केसीद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

थापा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?