शुक्रबार, चैत्र १६, २०८०

गुल्मीका दुई गाउँपालिकामा उपाध्यक्ष राष्ट्रिय जनमोर्चालाई: बने पुन र थापा क्षेत्री

गुल्मी । गुल्मीमा पाँचदलीय गठबन्धन भित्रका राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबीच दुई पालिकामा चुनावी तालमेल भएको छ । कालीगण्डकी गाउँपालिका र छत्रकोट गाउँपालिकामा दुई दलबीच तालमेल भएको हो ।

कालीगण्डकीका लागि भएको सहमति अनुसार कांग्रेसले अध्यक्षसहित ६ वटा वडामा नेतृत्व गर्ने भएको छ भने जनमोर्चाले उपाध्यक्षसहति एउटा वडाको नेतृत्व गरेको छ ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका वेद बहादुर थापा र उपाध्यक्षमा जनमोर्चाका तारा थापाले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, वडा नं ६ मा राजमोको तर्फबाट पुरन थापालाई वडाअध्यक्ष बनाइएको छ ।  राजमो केन्द्रीय सदस्य तारा थापा यसअघि पनि सो गाउँपालिकाको उपाध्यक्ष हनुुहुन्थ्यो ।

यस्तै, छत्रकोटमा पनि नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच चुनावी समीकरण बनेको छ । नेपाली कांग्रेसबाट अनन्त पौडेल अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने उपाध्यक्ष पद जनमोर्चाको भागमा परेको छ । छत्रकोट गाउँपालिकामा राजमोका गुमान सिंह पुनले उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal