शनिबार, साउन १२, २०८१

हङकङ नेपाली एकता समाज को सदस्यता अभियान शुरु

ज्ञामुराम आचार्य /सक्तमान बुढाथोकी

हङकङ नेपाली एकता समाजका अध्यक्ष सक्तमान बुढाथोकीको अध्यक्षतमा सुरु भएको सदस्यता अभियान संबंधित कार्यक्रम संचालन हङकङ नेपाली एकता समाजका महासचिव ज्ञामुराम आचार्यले गर्नुभएको थियो
सदस्यता अभियान कार्यक्रममा हंङकंङ नेपाली एकता समाजका उपाध्यक्ष अमिृता राना ले स्वागत मन्त्व्य राख्नु भएको थियो ,सल्लाहकार सदस्य सुक्रराज घिमिरे, हङकङ नेपाली एकता समाजाका सचीव यमनारायण सापकोटाले, पनि देशको समसामयिक विषयमा र बिदेश स्थिति नेपालीहरुको हकहितको विषयमा मन्तव्य राख्नुभएको थियो।

अध्यक्ष बुदाथोकी ले केपी शर्मा ओली को सरकार ले संसद् बिघटन गर्नु गल्त थियो त्यो केपी शर्मा ओली सरकार को प्रतिगामी कदमको देश ब्यापी भन्डाफोर र आन्दोलन को बल मा सर्बोच्च अदालत को संसद् पुर्नस्थापना को फैसला गर्नु सहि र स्वागत योग्य कदम बताउनु भयो ! देश मा सङ्घियता बोझिलो र नेपाल र नेपाली को हित मा न भएका कारण ले खारेजी को माग गर्नु भयो !
साथै ,हङकङ नेपाली एकता समाजले गरेको उक्त कार्यक्रममा हङकङमा रहने नेपालीहरुलाइ सदस्यता बितरण गरि संगठन बिस्तार गर्ने अभियान संचालन गर्ने भएको कुरा हङकङ नेपाली एकता समाजका महासचिव ज्ञामुराम आचार्यले बताउनुभयो ।

हङकङ नेपाली एकता समाजले देशमा हुने राजनीति घटनाक्रमको गहिरो चासो र चिन्ता लिएको त्यसको लागि नेपालको एक मात्र सहि पार्टी राष्ट्रिय जनमोर्चाको बिस्लेसण,हरु सहि सवित हुँदै गएकोले हङकङ लगायत देशबिदेशमा रहने नेपाली जनताहरुले राष्ट्रिय जनमोर्चालाई चिन्न न सक्नु दु:खद भएकोले नेपाली जनतामा राजनीतिक चेतनाको बिकास हुनुपर्ने कुरामा समेत हङकङ नेपाली एकता समाजले जोड दिएको बताइएको छ।
कार्यक्रममा सक्तमान बुढाथोकी, अमिृता राना,हिमाल बुढाथोकी ,ज्ञामुराम आचार्य ,सेर बहादुर पुन ,मिना पुन ,यम नारायण सापकोटा ,प्रेम कुंवर ,सुक्रराज घिमिरे,उमा थापा जसिन्ता राना रनसरा बुढाथोकी , गिरी प्रशाद पुन , सुर्य थापा ,लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?