बिहिबार, बैशाख १३, २०८१

गठबन्धनको मर्म अनुसार नचल्दा”न्याउरी मारि पछुतो” जस्तो हाेला :सांसद तारा जिसी

बुटवल बैसाख २० गते ।
राष्ट्रिय जनमाेर्चा कि प्रदेश सांसद मा.तारा जिसीले हामीले गठबन्धन किन गर्नु परेकाे हाे? त्यस बारे यहाँ हरूलाइ जानकारी त हाेला भन्दै याेजना विनियोजनमा प्रदेश सरकारले गठबन्धनको मर्म अनुसार कार्य नगरेकाे बताउनु भएको छ। स्थानीयतह निर्वाचनमा समेत गठबन्धन भित्रका दलले मुल उदेश्य विपरित कार्य गरिरहेको भन्दै गठबन्धन विपरीतका यस्ता कार्यले भाेली ” न्याउरी मारि पछुतो”जस्तै हाेला भनी चेतावनी दिनुभयो।
लुम्बिनी प्रदेश सभाकाे दशाैं अधिवेशनकाे प्रथम बैठकको दाेस्राे शेसनकाे प्रारम्भमा बाेल्दै प्रदेश सांसद जिसीले आफ्नाे पार्टी राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट अधिवेशन सफलताको र मुश्लिम धर्मावलम्बीहरूको महान पर्व ईदकाे पनि शुभकामना ब्यक्त गर्नुभएको थियोे ।
स्थानीय निर्वाचनको मुखमा अधिवेशन आब्हान गरेको सरकारकाे कार्य प्रति कटाक्ष गर्दै नेतृ जिसीले याे उपचारिकता वा पक्कै पनि फार्मेल्टी पूरा गर्न गरिएको हाेला भन्नुभयाे। विगत छमहिना देखि प्रदेशका गतिविधि शून्य छन् र प्रमुख पतिपक्षकाे अवराेध त झन् धेरै समय देखि भएको छ।तैपनि प्रदेशका जनताको जिवनमा केही फरक परेको छैन।यसले याे संघीय प्रादेशिक संरचना ओेेंचित्यहिन भएको थप पुष्टि भएको छ।जनताको खुन पसिनाकाे कर बाट उठेको रकममा मन्त्री ज्यू र हामी माननीयहरूले गुलछर्रा उडाएर जनताको लागि सेताहात्ती सावित भएकाे भन्दै संघीयता सहित वर्तमान प्रदेश संरचना खारेजीकाे लाग बेलैमा सद्बुद्दी पुराउन अनुरोध गर्नुभयो ।
महंगीले आकाश छाेइरहेकाे,याेजनाहरू वे-वारिसे अवस्थामा रहेको,भष्टाचार र वेथितीले चरम सिमा पार गरेको,प्रदेशका अनुगमन र नियमन गर्ने समितिहरू मस्त निद्रामा सुतिरहेको बताउदै सांसद जिसीले यहि अवस्था रहे देश आर्थिक रूपमा टाट पल्टिएर श्रीलंका काे नियति भाेग्नु पर्ला भनी चेतावनी दिनुभयो ।
देशको बैदेशिक ऋण संघीयताको याे चार बर्षमा दाेब्बर भैसक्याे,एमसिसि जस्ताे राष्ट्रघाती प्रावधान पास गर्नमा देशको आर्थिक अवस्था पनि एउटा कारण हाे।अत: देशलाई झन् पछि झन् संकटमा लैजानुकाे सट्टा संघीयताबाट फर्कनुकाे विकल्प नभएको बताउनुभयो । सभामा नेका बाट मा.निर्मला क्षेत्री,माओवादी केन्द्र बाट मा.तुलाराम घर्ती मगर,जसपा बाट मा. निर्मला मुडभरी भट्टराईले पनि शुभकामना ब्यक्त गर्नुभएको थियोे । बैठकको प्रथम शेसन प्रमुख प्रतिपक्ष एमालेले अवराेध गरेपछि बैठक आधाघण्टाकाे लागि स्थगित भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?