बिहिबार, असार १६, २०७९

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि तत्काल खारेज गरियोस् : सांसद तारा जिसी

बुटवल जेष्ठ ११ गते ।
लुम्बिनी प्रदेशकाे बजेट अधिवेशनलाई सम्वाेधन गर्दै राष्ट्रिय जनमाेर्चा कि प्रदेश सांसद मा. तारा जिसीले जनताले वेलेटबक्समा मत खसाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा सर्वसाधारणको ढाँड सेकिने गरि २-२ पटक गरिएको मुल्य वृद्दी तत्काल खारेज गर्न माग गर्नुभएको छ।व्यवस्था संघीयता जस्तो खर्चिलो राेज्ने र त्यसलाई धान्न दैनिक जसाे मूल्य वृद्धि गरेर सरकारले जनजीवनमा निराशा र संशयकाे वातावरण पैदा गरेको बताउनुभयो ।
याे हाम्राे कार्यकालकाे अन्तिम बजेट अधिवेशन पनि हाे।पाँच बर्षे अवधिमा प्रदेशको पहिचान झल्कने गरि यहि बृहत याेजना अगाडि सा-याैं र सम्पन्न ग-याैं भनेर गर्व गर्ने एउटा पनि उदाहरण नभएको बताउदै
भष्टाचार,सेटिङ,माफिया तन्त्र,सिन्डिकेट याे देशकै प्रमुख समस्या हाे याे हामी सबैलाई जानकारी छ यस्लाई राेक्न प्रदेश बनेपछि जनताले सुन्ने गरि,बुझ्ने गरि वा अनुभव हुने गरि के ग-याैं हामीले?याे पाँच बर्षमा नेतृत्व गरेका दूबै सरकारले जनतालाई जवाफ दिने केही छ? भनी राजमाे नेतृ जिसीले प्रदेश सभामा प्रश्न उठाउनुभयाे।

संघ,प्रदेश र स्थानीय तहले के के गर्ने सिमा त निर्धारण गरिएकाे छ तर सत्ता स्वार्थ र भाेट बैंकको लागि एक लाख सम्मकाे बजेट विनियोजन पनि प्रदेश सरकारले गर्ने गरेकाे छ,याे टाेल विकास संस्था हाे कि प्रदेश सरकार भन्न सकिने अवस्था छैन भनि सरकारकाे कार्यशैली प्रति कटाक्ष गर्नुभयो ।
हाम्रो प्रदेशमा ६ तराई र ६ पहाडी र हिमाल सहितका जिल्ला छन् ,पहाडी जिल्लामा पूर्वाधार विकासमा धेरै जाेड गरेको पाईन्छ ।आवश्यता अनुसार त ठिकै हाे तर अनावश्यक र जहातहीकाे भद्रगोल निर्माण कार्यले ठूलाे जाेखिम निम्ताएकाे छ,त्यसबारे सहि कार्यविधि अपनाउन र नियमनमा ध्यान जान जरुरी छ। पहाडी जिल्लाहरूमा निर्माण गरिने असारे विकास र सडकमा नालीकाे व्यवस्था नगरिदा जनताको पैसा बर्षे भेलले बगाएर समाप्त गर्ने गरेको छ। काम थाेरै भए पनि गुणस्तरीय र टिकाउ गर्ने गराउने तर्फ प्रदेश सरकारकाे ध्यान जान जरुरी छ भन्दै नेतृ जिसीले ध्यानाकर्षण गराउनुभयाे ।
पिछडिएको क्षेत्रलाई पनि समानताको अनुभूति हुने गरि सन्तुलित विकास नीति र प्रदेशका याेजनाहरू टाेले याेजनाहरू जस्तो छरेर हाेईन,सबै जिल्ला,क्षेत्र समेट्ने गरि बृहत प्रकारका र गुणस्तरीय कार्यकाे थालनीकाे सुरूवात गरि हाम्रो कार्यकालकाे भाेली आउने नेतृत्वले सिकाे गर्ने गरि छाप छाेड्न जरुरी भएको बताउनुभयो ।

स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका कारण प्रतिगामीहरू केही साइजमा आएकाे तथ्य ओंल्याउदै गठबन्धनलाई अझै व्यवस्थित र इमानदारीपूर्वक अगाडि बढाए मात्र प्रतिगमन सम्पूर्ण रूपमा परास्त गर्न सकिने राजमाे नेतृ जिसीले वताउनु भयो ।प्रदेश सभाकाे अर्काे र्बैठक जेठ १३ गते बस्ने कार्यतालिका रहेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?