सोमवार, साउन २३, २०७९

प्रगतिशील पत्रकार संघको संयोजकमा पोखरेल

काठमाडौँ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल चयन हुनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपाल नेकपा मसाल र राष्ट्रिय जनमोर्चा निकटको संगठन हो ।
२०७९ असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रिय संयोजकमा पोखरेल र सचिवमा प्रकाश थापालाई चयन गरेको हो ।
प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिका गोपाल भट्टराई, जितेन्द्र खत्री, हरि न्यौपाने, मोनह वेलवासे र विशाल कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको छ ।
प्रगतिशील पत्रकार संघ नेपालको छिट्टै भौतिक रुपमा बैकठ बसेर सम्मेलनको तिथिमिति तोक्ने र अन्य निर्णय गरिने संयोजक श्यामलाल पोखरेलले बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालको देशका ५४ जिल्लामा संगठन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal