शनिबार, साउन १२, २०८१

पार्टी त्याग्ने संसदहरुको पद यसरी गुम्छ

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेर नेकपा एमालमा लगाएका नेताहरुको सांसद पद गुम्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रका २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित सांसदहरुको पद कानुनबमोजिम गुम्ने भएको हो ।

नेकपा माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहलगायतलाई केन्द्रीय सदस्य बनाएलगत्तै उनीहरुको सांसद पद गुम्ने भएको छ । यसैगरी नारायणकाजी श्रेष्ठ र चन्द्रबहादुर खड्काको पनि पद कानुनअनुसार गुम्ने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने व्यवस्था छ । सो दफको उपदफा १ मा कुनै पनि दलको तर्फबाट उम्मेद्वार भइ निर्वाचित संघीय संसद सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेद्वार भइ निर्वाचित भएको हो, त्यो दल त्याग गर्न नसक्ने उल्लेख छ ।

यस्तै उपदफा २ मा उपदफा १ बमोजिम कसैले दल त्याग गरे त्यस्तो सदस्यको पद जाने स्पष्ट व्यवस्था छ । त्यसैगरी उपदफा २ मा १ बमोजिम निर्वाचनमा प्रतिकुल हुनेगरी कुनै सदस्यले दल त्याग गरे निज निर्वाचित भएको पद दल त्यागेको मितिले रिक्त हुने उल्लेख छ । माओवादी केन्द्रका सांसदहरुले पद जोगाउनका लागि भने ४० प्रतिशत सांसद पु¥याएर एमालेमा प्रवेश वा अर्को पार्टी खोल्न सक्ने ऐनमा व्यवस्था छ ।इमेज खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal