शनिबार, साउन १२, २०८१

प्रधानमन्त्रीले गरे ७५३ स्थानीय तहका सडक कालोपत्रे गर्ने अभियान उद्घाटन

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तार अभियानको उद्घाटन गनुभएको छ । आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइएकाे छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो भएको बताउनुभयो । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ, त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भान्नुभयो ।न्युज २४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal