शनिबार, साउन १२, २०८१

करिब दुई महिना पछि तुल बहादुर विस्वकर्माको हत्यारालाई गुल्मी प्रहरी द्वारा सार्वजनिक

गुल्मी तम्घास मिति २०७७/१०/३ गते दिनको दुई बजेर तीस मिनेटको समयमा गुल्मी दरबार गाउंपालिका वडा नं १ ओरेवा खोलामा घाँस काट्न गएका ,रेसुङ्गा नगरपालिका वडा नं १४ रातामाटा बस्ने बर्ष ४७को तुल बहादुर विस्वकर्माको बन्दुकको गोलि लागि हत्या भएको ५७ दिनपछि गुल्मी प्रहरीले अभियुक्त आज सार्वजनिक गरेको छ।
गुल्मि दरबार गाउंपालिका वडा नं १ बस्ने बर्ष ३१ को पोम बहादुर घर्तिलाइ प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा प्रहरी उपनिरिक्षक गोपाल चन्द्र भट्टराईले हत्या केस बारे जानकारी गराउनुभएको थियो।

अभियुक्त पोम बहादुर घर्तीलाई प्रहरीले गहन अनुसन्धान गर्दा मिर्तक तुल बहादुर विस्वकर्मालाइ आफुले नै भरुवा बन्दुक प्रयोग गरि मारेको स्वीकार गरेको ,प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले पत्रकारहरुलाइ बताउनुभयो।

साथै प्रहरीले हत्यामा प्रयोग भएको बन्दुकपनि सार्वजनिक गरेको छ। घटनास्थलको अर्खेउंदि गैरा भन्ने स्थानमा लुकाइ छिपाइ राखेको भरुवा बन्दुक अभियुक्तको सहयोगमा बरामाद गरेको प्रहरीले बताएको थियो। प्रतिबादी उपर थप अनुसन्धान जारी रहनेपनी प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal