शनिबार, साउन १२, २०८१

राष्ट्रपतिलाई भेटे प्रधानमन्त्रीले , डेढ घण्टा छलफल भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार साँझ ७ बजे शितल निवास छिरेका थिए ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक विषय बारे छलफल भएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र चर्को विवाद चलिरहंदा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको पछिल्लो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डेढ घण्टाको छलफलपछि प्रधानमन्त्री ओली ८ः३० बजे शितलनिवासबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच शितलनिवासमा छलफल चलिरहंदा कोटेश्वरमा नेकपा एमालेका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालसंग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेको थियो ।नागरिक खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal