शनिबार, साउन १२, २०८१

कोचिनमा एकता समाजको महिला बिभाग गठन

जनक विसि कोचिन
दिनांक 14/03/2021 का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको आयोजनामा एक भेला गरि ऐतिहासिक महिला बिभाग गठन गरियो।
मूल प्रवाह नगर सदस्य गीता सुवेदीको अध्यक्षतामा अघि बढेको भेलालाई वरिष्ठ सदस्य तथा कोचिन नगर सदस्य रिखेन्द्र बी सीले सम्बोधन गर्नुभएको थियो। वहाँले संगठनको औचित्यता माथी प्रस्ट्याउनु भएको थियो ब्जने मूल प्रवाह नगर सचीव जनक बी सी ले भेलाको सहजीकरण गर्नुभएको थियो।भेलाले सरस्वती शर्माको अध्यक्षतामा नौ पुर्ण र चार सल्लाहकार गरि तेह्र सदस्यीय महिला बिभाग गठन गरेको छ।उक्त भेलामा अन्य अतिथिहरुमा मूल प्रवाह नगर कोषाध्यक्ष गणेश शर्मा पौडेल, राष्ट्रिय जनमोर्चा पुर्व दाङ जिल्ला सदस्य गोविन्द प्रसाद रिजाल, नगर सदस्य आशाराम घर्ति लगायत साथीहरूको उपस्थिति रहेको थियो।
भेलाले उपाध्यक्षमा सावित्रा घर्ती मगर,सचीव चन्द्रीका घर्ती मगर,सह सचिव सपना बुढामगर,कोषाध्यक्ष जानकी बी सीलाई चयन गरेकोछ। अन्य सदस्यहरुमा मीना बुढाथोकी,गोमा बुढाथोकी,तिलु तिर्के मगर र मीना बिष्ट रहनुभएको छ। सल्लाहकार सदस्यहरुमा गीता सुवेदी, अमृता श्रेष्ठ, निसा घर्ती मगर र परि बुढाथोकी रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal