शनिबार, साउन १२, २०८१

माधव झलनाथ पक्षले राष्ट्रिय भेला गर्ने ओलिको चियापानमा न जान निर्देशन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय लिएको हो ।​ धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा कसको खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय लिएको हो ।

यस्तै आफ्नो समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओली प्रधानमन्त्रीको भोलि सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम राखेका छन् ।

यस्तै खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षको भनाइ छ । अध्यक्ष ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले निर्धारित कार्यक्रम नरोकिने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?