शनिबार, साउन १२, २०८१

अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,

कपिलवस्तु ,

अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्लाको द्रोसो अधिवेशन आज जिल्लाको चनौंटा बजारमा सम्पन्न भएको छ, नर बहादुर घर्ति मगर को अध्यक्ष ता मा भएको अ धी बेसन को उद्घाटन अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रीय अध्यक्ष नी म बहादुर बुढा मगर ले मैन बत्ती बालेर गर्नु भएको थियो, उद्घाटन भाषण मा उहाँले जनजाति हरुको मौलिक हक अधिकार, यो व्यवस्थाले गर्न नसकेको बताउँदै , जनजाति हरुको समस्या जातीय समस्या नभई वर्गीय समस्या भएको बताए,

अरु संगठन ले जातीय मुद्धा मात्र उठाउने गरेको, जनजाति हरुलाई , विभिन्न खाले एनजीओ ,आई एनजीओ, जातिवादी समूह हरुले प्रयोग गरेको बताउँदै, जनजाति हरू सचेत हुनु पर्ने बताए, अर्का विशिष्ठ अ थिति वामपन्थी नेता सुरेश थापाले देशको तत्कालीन राजनैतिक अवस्था को बारेमा प्रष्ट पार्नु भएको थियो, अधि बेसन मा , अखिल नेपाल जनजाति सम्मेलन का केन्द्रीय महासचिव उषा पुन, किसान संघ, का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अन्तुक केन्द्रीय सदस्य केर सिंह अ दै, ने कपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरे, जनजाति सम्मेलन का केन्द्रीय सदस्य राम बहादुर पुन ले मन्तव्य राख्नु भएको थियो।

जनजाति सम्मेलन प्रदेश इन्चार्ज राम बहादुर जी एम, प्रदेश सदस्य विमल श्री स्, र जनवर्गीय संगठन प्रमुख हरुको आतिथ्यता रहेको थियो,
अधिवेशन ले नर बहादुर घर्ति मगर को अध्यक्ष ता मा ९ पूर्ण, २ वैकल्पिक, ४ सल्ला कार गरी १५सदस्सीय अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्ला समिति चयन गरेको छ, जस् अनुसार उपाध्यक्ष छविलाल सिंजाली, सचिव केर सिंह पुन, कोष अध्यक्ष रमनी सिँजापति, सदस्य हरू, पवित्रा रोका, भक्त बहादुर थापा, सन् बहादुर गुरुङ, कर न पुन, बेगम बुढा, वैकल्पिक सदस्य खगेन्द्र पुन, मोहन चौधरी, र सल्ला कार मा मान बहादुर सिन्जापती, अमृत आले,।लाल बहादुर चौधरी, र बबिता सारु रहनु भएको छ , नव निर्वाचित समिति लाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र अखिल नेपाल जनजाति सम्मेलन प्रदेश नं ५ का इन्चार्ज राम बहादुर जिम ले बधाई तथा शुभ कामना दिनु भएको थियो, रक्तिम सांस्कृतिक अभियान का कलाकार हरुले गीत तथा नित्य प्रस्तुत गरेका थिए, कार्य क्रम सञ्चालन छबिलाल सिंजाली ले र स्वागत केर सिंह पुन ले गर्नु भएको थियो, ।
केर सिंह अ दै ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?