शुक्रबार, बैशाख ७, २०८१

लिहिमा स्याउ बोकेको ट्रक दुघटना चालकको मिर्त्यु

जुम्ला । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको छ । सहचालक मकवानपुर कै हरि न्यौपाने घाइते भएका छन् ।”

घाइतेलाई राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगेर उपचार गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?