बिहिबार, फाल्गुन २१, २०८२

प्युठानको माण्डबी ४मा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता

प्युठानको माण्डबी गाउँपालिका–४ खरिन्दोमा पहिरोले घर बगाउँदा छ जना बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो १२ बजे अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परी दुई परिवारका ६ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा माण्डबी गाउँपालिका–४ का ६० वर्षीय बोम बहादुर राहुमगर उनकी ५५ वर्षीय श्रीमती, २१ वर्षीय टेकी राहु मगर, १८ वर्षीय मौसमी थापा मगर, ४ वर्षीय सुसान राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर रहेका छन्।

बेपत्ता भएकाहरुको स्थानीयले खोजतलास गरिरहेका छन्। यसैगरी प्रहरी घटनास्थल तर्फ जादैँ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?