शुक्रबार, चैत्र १६, २०८०

मलामी गएका १३ जना बेपत्ता भए

कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३जना बेपत्ता भएका हुन् ।

अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताउनुभयो।

वडाअध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal