
लिल बहादुर केसी
नेपालको संविधान-२०७२ घोषणा भए पछी नेपालमा संविधानमा उल्लेख गरेको राज्यको पुनर्संरचना बमोजिम अहिले समेत दुई वटाआम निर्वाचन सम्पन्न भएकाछन । तीस बर्षे निरंकुश जहानीया शाही शासनको विरुद्ध शंखनाद गर्दै देशि विदेशी शक्तिहरुको समेतसहयोगमा २०४६/४७ सालको आन्दोलनबाट पार्टी माथीको प्रतिवन्ध हटाई संवैधानिक राजतन्त्र स्थापना भई यस्तै प्रकारको आमनिर्वाचन २०४७ सालको संविधान वमोजिम २०४८ सालमा भएको थियो। पन्चायती कालमा नेकाका नेता विपीले राष्ट्रीय मेलमिलापकोनीति अवलम्वन गरी प्रवासबाट नेपाल भित्रिएसंगै नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई चुनावमा प्रत्याशी बनाएको थियो। त्यसैगरी तत्कालीन माले (हालको एमाले) ले पनि पन्चायती व्यवस्था भित्र आफ्ना कार्यकर्ता घुसाउन जनपक्षीय उमेदवारको नाममा पठाएकोथियो। केहि वाम शक्तिहरु भने पन्चायती चुनावको वहिस्कार गरेरै ३० वर्ष गुज़ारे। राजदरबारलाई पन्चायती व्यवस्था भित्र अराष्ट्रीयतत्वहरुको घुस पैठ भयो भने सत्ता सन्चालनमा वाधा पुर्याउंछन् भन्ने लागेकोले पन्चायती चुनावमा दरवारीया उमेदवारहरुलाई मात्रजिताउन राज्यको सारा शक्ति केन्द्रित हुन्थ्यो। यसरी पन्चायती कालको निर्वाचनमा दरवारीया पन्च, उदारवादी पन्च, जनपक्षीय नामकोमालेका कार्यकर्ता, कांग्रेसका कार्यकर्ताहरुले भाग लिन्थे र वहिस्कारवादी शक्तिहरु व्यवस्था वाहिर बस्थे । सरकार निर्माणको वेलादरवारको नीति वमोजिम चल्ने पन्च नेताहरुमात्र सरकारमा जान्थे । अन्य निर्वाचित पन्च नेताहरु आफ्नो गाउं र जिल्लाको विकासनिर्माणका लागि सदनमा आवाज उठाउंथे । प्रभावशाली पन्चहरुले आफ्नो निर्वाचन क्षेत्रमा धेरै बजेट पार्थे भने पहुंच नभएका पन्चहरुलेनियमित बजेट पाउंथे।जनपक्षीय उमेदवारहरु कोहि वहुदलीय व्यवस्था आएन भनी सदन मै ग्वां ग्वां रुन्थे (पद्म रत्न तुलाधर) भने कोहिसाहित्यिक भाषामा सरकार र दरवारको विरोध गर्थे(रूपचन्द्र विष्ट: थाहा आन्दोलन)। तर कहिल्यै पनि ती पन्चायत इतर शक्तिहरुलाईमन्त्रिमण्डलमा आउन आह्वान गरिंदैनथ्यो।
पन्चायत इतरको राजनैतिक शक्ति मध्ये पार्टी स्वतन्त्रता, आव्धिक निर्वाचन, मानव अधिकार र वहुलवाद भए पछी कांग्रेसको सैद्धांतिकअभीष्ट पुरा भयो। वामपन्थीहरुले रोजेको र खोजेको बाटो अली लामो भएकोले उनीहरुको डेस्टिनेशनमा पुग्ने दुइवटा गोरेटा तय भए।एउटा गोरेटो वर्ग समन्वय, अर्को गोरेटो वर्ग संघर्ष । एउटा गोरेटो वर्न्सटिनवाद, अर्को मार्क्सवाद लेनिनवाद, एउटा गोरेटो ल्यूसाओचीविचारधारा, अर्को माओविचारधारा। एउटा गोरेटो
एउटा गोरेटो प्रेस्त्रोयिका ग्लात्सनोस्क, अर्को गोरेटो समाजवादी अर्थतन्त्र । पूर्वी यूरोप र संसारकाकैयन कम्यूनिस्ट पार्टीहरुले पहिलो सजीलो बाटो अप्नाए। केहि कम्यूनिस्ट पार्टीहरुले मार्क्सवाद लेनिनवाद र माओत्सेतुंग विचारधारा ( देशको विशिष्टता अनुसार) को सैद्धांतिक आधार बनाई काम गर्न थाले । नेपालमा पनि विश्व कम्यूनिस्ट आन्दोलनका दुई धार जस्तैकम्यूनिस्ट आन्दोलन भित्रका दुई धार क़ायम रहे। नेपालमा एउटा धारको नेतृत्व एमालेले लियो भने अर्को धारको नेतृत्व चौथोमहाधिवेशन पक्षधर कम्यूनिस्ट पार्टीहरुले लिए। चौथो महाधिवेशनको टुट फूट पछी कमरेड निर्मल लामाको नेतृत्व पार्टीमा रहुन्जेल सम्मयो पार्टी पछिल्लो धारमै रह्यो भने नारायण काजीको नेतृत्व आए संगै यो पहिलो धार मैं प्रवेश गर्यो । दोश्रो धारमा रहेको प्रचन्ड नेतृत्वकोकम्यूनिस्ट पार्टी दश वर्षको जनयुद्धको अनुभव संगाल्दै अन्त्यमा विश्व कम्यूनिस्ट आन्दोलनको पहिलो धार कै पंक्तिमा उभियो । पुरानोचौथो महाधिवेशन भित्रका मोहन वैद्य लगायत नेकपा मसाल सहितका केहि पार्टीहरुले विश्व कम्यूनिस्ट आन्दोलनको दोश्रो धारको पक्षलिइरहेका छन्।
सच्चा क्रान्तिकारी कम्यूनिस्टहरुको लागि चुनाव कार्यनैतिक प्रश्न हुन जान्छ भने दक्षिण पन्थी संशोधनवादीहरुको लागि योरणनैतिक प्रश्न हुन्छ । नेपालमा पनि नेका, एमाले र माओवादीहरुको लागि चुनाव कार्यनैतिक सवाल रहेन। चुनाव हुन्छ कसरी चुनावकोटिकट हात पार्ने ?टिकट हात पर्छ कसरी चुनाव जित्ने ? चुनावमा जितिन्छ कसरी सरकारमा जाने ? सरकारमा जाने कसरी मालदारमन्त्रालय रोज्ने ? मालदार मन्त्रालय हात पर्छ कसरी सेटिंग मिलाउने ? सेटिंग हुन्छ कसरी बढि आय आर्जन गर्ने ? आय आर्जन हुन्छत्यसलाई कसरी बचाउने ? लुटको धन बचाउनु पर्छ कसरी आफ्नो मान्छे अख़्तियार र सर्वोच्चमा ल्याउने र थप शक्ति आर्जन गर्ने ? कसैले लुटको धन भनी उजुर वाजुर गर्छ लुट्नेहरुको समूह एकीकृत गरी सरकारका तीनवटै अंगमा कसरी वहुमत पुर्याउने ? केहि खतराआइलाग्छ संवैधानिक निकायका प्रमुखलाई महाअभियोग लगाउने, महाअभियोग पास हुने स्थिति छैन वर्षों सम्म मुल्तवीमा राखिदिने।कथंकदाचित महाअभियोग टेवुलेसन हुन थाल्छ आफ्ना नन्दिभिरंगीहरुलाई आन्दोलन गर्न लगाई क़ानूनी प्रक्रियालाई अवरुद्ध गर्ने। यीकाम गर्दा गर्दै पाँच वर्ष वित्छ फेरी चुनाव आउंछ। पैसा खर्च गरेर भए पनि टिकट लिने।
त्यसपछि माथी भनिएका कदमहरुको पुनरावृत्तिगर्दै जाने। नियमित प्रक्रिया अनुसार कर्मचारीहरु बजेट बनाउंछन् त्यस्को फोटोकपी गरी मैले पारेको योजना भनी जनता झुक्काउंदै जाने।यसरी यी पार्टीहरु चुनाव देखि चुनाव सम्मको गोलचक्करमा फस्ने हुनाले एकातिर राष्ट्र, राष्ट्रियता र जनजीविकाको प्रश्नमा पुग्नै नसक्नेहुंदा रहेछन् भने अर्कोतिर उनीहरु सैद्धांतिक र नैतिक हिसावले च्युत हुनेरहेछन्।
नेताहरुले जनता सामु बोलेका बाचा पुरा नभए पछी स्वाभाविक रुपमा जनता निराश हुन्छन् । जनताको निराशपनले या त विद्रोहजन्माउंछ वा नयां पार्टीहरु जन्मिन्छन्। नेपालको हकमा लामो समयसम्म सहि राजनैतिक दर्शन अंगिकार गरेको राजनैतिक पार्टीलेसरकार चलाउने मौका नपाएकोले देश र जनता पछाडी परेका हुन् भन्ने कुरा जनतालाई प्रशिक्षित गरियो। तर २०४८ साल पछी सबै भन्दाबढि समय शासन सत्ता चलाउने कांग्रेस भयो। त्यस पछीको दोश्रो शक्ति एमालेले शासन चलायो। शक्ति सन्तुलनको अभ्यासमानिरंकुश पन्चायती व्यवस्थाका अनुयायी भनेर चिनिने पन्चहरुको नेतृत्वलाई पनि जनतालाई प्रतिगमन सच्चिएको लोकतांत्रिक र लालव्याख्या गर्दै सत्तामा पुर्याइयो। संसदीय व्यवस्थाबाट जनताका समस्या समाधान हुंदैनन्, क्रान्तिकालागि वस्तुगत र आत्मगत परिस्थितिश्रृजना भएको छ भनी सशस्त्र जनयूद्ध सुरु गरियो। सामन्तवाद, साम्राज्यवाद विरोधी सशस्त्र संघर्ष गरी नौलो जनवादी क्रान्ति सम्पन्नगरी समाजवाद हुंदै साम्यवादमा पुग्ने लक्ष राखी जन कार्यवाही, सेवोटेज कार्यवाही आदि गरी १० वर्ष सम्म देश र जनतालाई त्राहिमामपारियों। उपलव्धीको रुपमा लोकतांत्रिक शक्तिहरुको सहयोगबाट गणतन्त्र आयो।
मात्र पार्टीहरुको खुलापनबाट जनताका आधारभूत आवश्यकता पुरा भएनन्। आमुल परिवर्तनकारी शक्ति आए पछी राष्ट्र, राष्ट्रियतार जनजीविकाका सवालहरुमा माओवादीले ध्यान देला र जनताले अमन चयन क़ायम गर्लान भनी जनस्तरबाट ठूलो आकांक्षा गरियो।गरिबको चिसो चुल्हो जल्न कतै संविधान वाधक पो हो कि भनी जनताको प्रतिनिधीद्वारा संविधान बनाइयो। नेपालको नयां संविधानलाई२ वर्ष संक्रमणकालिन समय र आउंदा १० वर्ष ( कमसेकम दुई चुनावी कार्यकाल संविधान इम्प्लिमेन्टेसनको पिरियड) सम्म संविधानघोषणा गर्ने लोक वाम पार्टीले आर्थिक समृद्धिका साझा न्यूनतम कार्यक्रम लागु गरी संविधानको कार्यान्वयन पिरियड तोकियो। आर्थिकसमृद्धिको लागि स्ट्यावल गभर्नमेन्ट आवश्यक हुने हुनाले नाटकीय रुपमा माओवादी एमालेको पार्टी एकता गरी करिव दुई तिहाईसमर्थनको सरकार ,
आर्थिकसमृद्धिको लागि स्ट्यावल गभर्नमेन्ट आवश्यक हुने हुनाले नाटकीय रुपमा माओवादी एमालेको पार्टी एकता गरी करिव दुई तिहाईसमर्थनको सरकार समेत बनाइयो। विडम्वना माथी भनिए जस्तै शक्ति सन्तुलन र चुनाव देखि चुनाव सम्म जाने नीतिले जनतालाईदिइएको फ़ोस्रा आश्वासन त वेवारिसी भए भए, दुई दुई पटक संविधान विपरित केपी ओलीले संसद विघटन गरे। लामो समय ७०वर्षको संघर्षले ल्याएको संविधान सभाबाट प्राप्त संविधानलाई सामान्य काग़जको खोस्टो बनाइयो। पार्टीहरु चकनाचूर भए। प्रतिगमनविरोधी गठवन्धन भयो सरकार बन्यो, चुनाव भयो तर पनि जनताको जन-जीवन झन् पछी झन् कहाली लाग्दो भयो। गठवन्धनले स्पष्टवहुमत ल्याउन सकेन। एमाले पनि साइजमा आयो। संसद विघटन र गठवन्धनको बढि फाइदा कांग्रेसले लियो। कांग्रेसी अहंकार बढ्योकांग्रेसलाई २३ सिटबाट माथी उठाउने गठवन्धनको योगदान उस्ले भुल्यो । उस्ले गठवन्धनको तर्फबाट राज्यका महत्वपूर्ण पदहरु आफ्नैहातमा राख्ने दावी गर्यो ।
प्रचन्ड जनयूद्ध देखि अहिले सम्म राजनीतिमा टिकेको छलछाम र कुटनीतिले मात्र हो भन्ने कुरा कांग्रेसी जनलाई पत्तै भएन। उनीओली सामु गए चतुर ओलीले उनलाई प्रम बनाइदिए। संसदीय अंक गणित फेल खायो।
ओली, प्रचन्ड को साथमा रास्वपा, जसपा, राप्रपा, जन उन्मुक्ति र जनमत पार्टी समेतले सरकारलाई समर्थन गर्ने गरी गएको सोमवारसरकार गठन भयो। निर्वाचनमा जनताले दिएको मतको अवमूल्यन भयो। प्रतिगमनलाई परास्त गर्न जनताले १३६ सिटमा गठवन्धनलाईजिताए तर प्रतिगमनलाई दिएको मत घोर प्रतिगमनकारी शक्तिसंग मिल्यो। व्यक्तिगत रुपमा प्रचन्डको जीत त भयो तर राजनैतिकरुपमा उनी र उनको पार्टीको हार भयो।यसर्थ अहिलेको सरकार विचार सून्य विल्कुल प्राविधिक सरकार मात्र बन्यो।
नेकपाको इतिहासमा द्वितीय महाधिवेशन पछी केशरजंग रायमाझीले नेपालको बामपन्थी आन्दोलनलाई क्षत विक्षत बनाए पछीअल्मलिएको बाम आन्दोलनको सहि बाटो कुन हो भनी तृतीय महाधिवेशनका महामन्त्रीले दिग्भ्रमित नेकपालाई लयमा ल्याउन “कुन बाटो?” भन्ने पुस्तक लेख्दा कमरेड पुष्पलालले त्यसको प्रत्युत्तर “मूल बाटो” भन्ने जवाफ दिएका थिए। आज नेपाली बाम आन्दोलन पनिक्रान्तिकारी मूल बाटोको पहिचान गरी सशक्त बनाउन जरुरी भएको छ। क्रान्तिकोलागि आत्मगत र वस्तुगत परिस्थिति तयार नहुन्जेलसम्म खुला राजनैतिक परिवेशमा कसरी अंघी बढ्न सकिन्छ? जनवाद र केन्द्रीयताको सन्तुलित अभ्यास कसरी गर्ने, वर्ग विश्लेषण गर्दैवर्ग संघर्षलाई कसरी उठाउने, संसदीय र सड़क संघर्षको अभ्यासलाई कसरी सशक्त बनाउने, राष्ट्र राष्ट्रीयता र जनतन्त्र जनजिविकाकामहत्वपूर्ण सवालहरुको कसरी संरक्षण र प्रवर्द्धन गर्ने, भ्रष्टाचार अनियमितताका जनसरोकारका इस्यूलाई कसरी अंघाडी बढाउने, प्राप्तगणतन्त्रको उपलव्धीलाई कसरी बचाउने, जनतासंग सहकार्य गर्दै विकास निर्माणका कामहरुलाई कसरी अंघी बढाउने, वाम पार्टीविचको दूरी कम गराइ कार्यनैतिक सवालमा कसरी सहकार्य गर्ने, मिल्न सक्ने वाम पार्टीहरुसंग पार्टी एकताको आधार कसरी तय गर्नेआदि तमाम प्रश्नहरुमा गम्भीर भै सच्चा क्रान्तिकारी पार्टीलाई विश्व कम्यूनिस्ट आन्दोलनको दोश्रो धारको कित्तामा दह्रोसंग उभ्याउनुजरुरी भएको छ।
यसै प्रसंगमा एउटा कथा सुनाऊँ। कुनै जंगलमा एउटा गाई चर्दै थियो। जंगलका बाघले एक्लै चरिरहेको दाइलाई देख्यो । भोको बाघलेगाइलाई लखेट्न थाल्यो । ज्यान बचाउन खोज्दै जांदा गाई जंगलको दलदल सिमसारमा फस्योजंगलका बाघले एक्लै चरिरहेको गाइलाई देख्यो । भोको बाघलेगाइलाई लखेट्न थाल्यो । ज्यान बचाउन खोज्दै जांदा गाई जंगलको दलदल सिमसारमा फस्यो ।गाईको पछी लागेको बाघ पनि सोहिदलदलमा अली पर फस्यो। बाघ दलदलमा फसेको देखे पछी गाईले बाघ सामु खित्का छोडी हांस्यो। त्यो देखेर बाघले गाईलाई सोध्यो; “तिमी किन हांसेको ? आखिर तिमी पनि त म जस्तै दलदलमा डुवी मर्दैछौ”। बाघको सो कुरा सुनेर गाईले बाघलाई जवाफ दियो ;“तिमीलाई कसैले उद्धार गर्दैन तर मलाई कोहि कसैले उद्धार गर्नेछ”।
रात पर्यो गाई घरमा नआए पछी किसान गाई खोज्न जंगलतिर गयो। उस्ले गाईलाई दलदलमा फसेको देख्यो । झटपट गरिएको ऊगाउंमा गई इष्ट मित्र थर छिमेकी जम्मा गरी केहि बांसका घारहरु काटी उक्त दलदलमा फसेको गाईलाई उद्धार गर्न गयो। गाउंलेहरुलेउक्त गाईलाई दलदलबाट निकाली घर ल्याए तर बाघलाई उद्धार गर्ने कोहि भएन।
यो कथाबाट पनि नेपालका वामपन्थीहरुले पाठ सिक्नु जरुरी छ। सहि नीति, सहि कार्यदिशा र कार्यक्रम भएमा एउटा अफ्ठेरो अवस्थामापनि जनताहरुले दलदलबाट निकाल्न सक्नेछन् अन्यथा दलदलमा फसेको बाघ सरहको मृत्यूको नियति भोग्नु नै पर्नेछ बेलैमा विचारपुर्याउंदा उचित होला।