
पवित्रा क्षेत्री
अर्घाखाँची , जनहित बचत तथा रिण सहकारी संस्था लिमिटेडको भुमिकास्थान नगरपालिका ३र४ को १५औ बार्षिक साधारणसभा तथा ८औ अधिबेशन आज पौष २८ गते श्री शान्ति मा बि धारापानीको प्राङ्गणमा नगरप्रमुख झबिलाल थापाको प्रमुख आतिथ्यता वडा अध्यक्ष बाबुराम पन्थीको विशेष अथित्यता रहेको थियो।संस्थाका अध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता,,बिरेन्द पौडेलको सन्चालन र खगेश्वर बन्जाडेको स्वागत मन्तव्य राख्नुभएको थियो।
साधरणसभाले अध्यक्षमा कृष्ण बन्जाडे उपाध्यक्ष चुणाबहादुर खत्रीलाई चयन गरेको छ। सदस्यहरुमा बिरेन्द्र पौडेल दोर्ण बन्जाडे पबित्रा जि सी कमला खत्री पम्फा पुन खगेश्वर बन्जाडे लिलामणी दमासे बुद्दिराम खनाल केशब खनाल लगायतका रहनुभएको छ।
त्यसै गरि साधरणसभाले लेखा समिति संयोजकमा गोबिन्द के सी सदस्यमा डण्ड प्रसाद भुसाल ,आत्मराम भुसाललाई चयन गरेको छ।