शनिबार, साउन १२, २०८१

अबैध बन्द हुंदा बैध क्रसर उधोगहरुले धमाधम बढाउन थाले मूल्य

बुटवल , सरकारले अवैध रुपमा सञ्चलित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगलेमूल्य बढाउन सुरू गरेका छन् ।

नयाँ कामको सुरुवात नभएपनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने बाध्यता भएका काममा ढुंगा गिटी, बालुवा अभाव हुन थालेपछि यसैको मौका छोपी मूल्य बढ्न सुरू भएको हो । बिना अध्ययन एक्कासि क्रसर उद्योग बन्द गराउँदा त्यसको बढ्दो लागत उपभोक्तामा पर्न गएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गर्नुअघि चार हजार रुपैयाँमा पाइएको गिटी बालुवा अहिले ८(९ हजारमा पनि नपाइएको बताए ।

१२ सय क्रसर उद्योगमध्ये सरकारको निर्णयबाट ६ सय ५० वटा बन्द भए भने कतिपय आफ्नै कारणले बन्द पनि भएका थिए । अहिले करिब ३ सयको हाराहारीमा मात्रै क्रसर उद्योग वैध रूपमा सञ्चालनमा छन् । आजको कारोबार दैनिकबाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal